कञ्चनपुरमा थ्रेसरमा परेर मृत्यु हुनेको संख्या बढदै

महेन्द्रनगर । कञ्चनपुरमा प्रत्येक वर्ष धान काटने सिजनमा थ्रेसरमा परेर मृत्यु हुनेको संख्या बढदै जान थालेको छ । कञ्चनपुरमा धान काटेर थ्रेसरमा हाल्ने क्रममा प्रत्येक वर्ष मृत्यु हुनेको संख्या बढदै गएको पाईएको हो । यो आर्थिक वर्षको कार्तिक सम्म धान काटेर थ्रेसरमा हाल्ने क्रम र मिलमा बेरिएर २ जनाको मृत्यु भएको छ भने, १ जना घाईते भएका छन् । आईतवार पनि शुक्लाफाँटा नगरपालिका–४ असैना टोलकी अन्दाजी ४७ वर्षिया सिमाना रानाको धान थ्रेसरमा परेर आइतबार मृत्यु भयो ।

आफ्नै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा कपडा सापटमा बेरिएर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । यस्तै कृष्णपुर नगरपालिका १ वर्ष ११ की ललिता खत्रीको पनि मृत्यु भएको थियो भने, बेलडाँडी गाँउपालिका ३ वर्ष ६२ की जानकीदेबी उपाध्याय थ्रेसरमा परेर घाईते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सानो सानो गल्तीले सावधानी नअपनाउँदा आफनो ज्यान नै जोखिममा रहने गरेको भीमदत्त नगरपालिका १८ का स्थानिय किसान जगदिश नाथले बताए ।

प्रत्येक वर्ष आफुले पनि धान थ्रेसरमा हालेर काम गरिरहेको र थ्रेसर चलाउँदा सावधानी पूर्वक सचेत भएर थ्रेसर चलाउने गरेको उनले बताए । धान थ्रेसरमा हाल्दा बढो सावधानीपूर्वक काम गर्नुपर्ने र थ्रेसरबाट टाढा भएर काम गर्नुपर्ने उनले बताए । यता, कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि प्रसारक अधिकृत जनकराज जोशीले पछिल्लो समय किसानहरुले सावधानी पूर्वक काम नगरिदिने र महिलाहरुले लगाउने कपडाहरुले पनि जोखिम बढने बताए । पुरुषहरुले धान बोक्ने काम गर्ने र महिलाहरुले थ्रेसरमा धान हाल्ने काम गर्ने र महिलाहरुले लगाएको धोती, चुन्नी, वा कपालमा बाँधेका कपडाहरु थ्रेसरमा पस्ने र जस्ले गर्दा ज्यान जोखिममा परीरहेको बताए । महिलाहरुको कपाल पनि हावाले गर्दा मसिन भित्र पसेर ज्यान जोखिममा पर्ने भएकाले यस्ता साधनहरु संचालन गर्दा ध्यान दिई सावधानी पूर्वक काम गनूृपर्ने उनले सुझाए ।

हाम्रो समुदायमा अहिले पनि महिलाहरुको बढि काम र जिम्मेवारी रहेको अवस्थामा थ्रेसरमा काम गर्दा महिलाहरुले बढी काम गर्नुपर्ने र उनीहरुको बढी मृत्यु भईरहेको उनले बताए । साथै थ्रेसर संचालनमा ल्याउँदा ध्यान दिनुपर्ने कुरामा हामी सचेत नहुँदा पनि जोखिम बढेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि प्रसारक अधिकृत जोशीले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.