आचार संहिता कार्यान्वयन विषयक संवाद कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा बिभिन्न दलका जनप्रतिनिधी, मंसिर ४ गते हुन गईरहेको प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनका उम्मेदवार तथा संचार माध्यमहरुले निर्वाचन आचारसंहिता विपरित कार्य गरेको पाईएको एक कार्यक्रमका सहभागिले बताएका छन् । शनिवार संवाद समुह कञ्चननपुले आयोजना गरेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन २०७९ को आचार संहिता कार्यान्वयन विषयक संवाद कार्यक्रमका सहभागीले जिल्लामा आचारसंहिता विपरित कार्य भएको औँलाएका हुन् ।

निर्वाचन आयोगले लागु गरेको आचारसंहिता विपरित जनप्रतिनिधी आफै चुनावी प्रचनरप्रसरामा लागेको उम्मेदवारका लागि मत मागेको, घरदैलो कार्यक्रममा नियम विपरित बढी कार्यकर्ता लगेर चुनावको प्रचार गरेको लगायतका आचारसंहिता विपरित कार्यमा संलग्न रहेको सहभागीहरुले बताएका थिए । उक्त कार्यक्रममा कानुन व्यवसायी, पत्रकार, समाजसेवी, उधोग बाणिज्य संघका पदाधिकारी, नागरिक समाजका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । गएको स्थानिय चुनाव भन्दा अहिलेको चुनावमा आयोगले कडाई गरेको भएपनि आचारसंहिता तोडेर सचेत उम्मेदवारहरुले चुनावमा प्रचार प्रसार लगायतको काम गरिरहेको पाईएको उनिहरुले बताए । संवाद समुह कञ्चनपुरका सहजकर्ता गगन खत्रीले आउँदै गरेको मंसिर ४ मा हनुे निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शािन्तपूर्णमा सम्पन्न गर्नका लािग जिल्लामा रहेको सबै दल उनिहरुका भातृ संगठन, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, उम्मेदवारहरु सम्बन्धित पक्ष सबैलाई राखेर यो निर्वाचनमा आचारसंहिता विपरित कुनैपनि कार्य नगर्न नगराउनका लागि कार्यक्रमहरु संचालन गरेको बताए ।

लोकतान्त्रिक राज्य व्यवस्थापनको सिस्टम अन्र्तगत निर्वाचनमा आम जनताका प्रिय उनिहरुले चुनेको योग्य उम्मेदवारहरुलाई निर्वाचित गराएर राज्य संचालन गर्ने जुन प्रक्रिया रहेको छ । यसलाई नै कसरी स्वच्छ, निक्ष्पक्ष बनाउन सकिन्छ साथै, निर्वाचनको गरिमालाई कायम गरेर आफनो देशमा गरेको स्वच्छ निर्वाचन अन्य देहमा पनि सिको होस साथै हामीले लोकतन्त्रलाई यसरी दरिलो बनाउँदैछौ र आयोगले निधौराण् गरेकोे आचार संहितामा रहेर सबैले आआफनो दायित्व पुरा गरेर आचारसंहितको पालना गरि निर्वाचनलाई स्वच्छ निष्पक्ष बनाएर सका।ात्मक संदेश दिनको लागि र निर्वाचन शान्तीपूर्ण तवरमा सम्पन्न हुन्छ भन्ने विस्वासको साथमा सबै सम्बन्धित निकाय तह पक्षलाई राखेर संवाद कार्यक्रम गरिरहेको उनले बताए ।

सम्बन्धित

Comments are closed.