महेन्द्रनगर । मंसिर ४ मा हुन गईरहेको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनका उम्मेदवार तथा बिभिन्न सञ्चार माध्यमले आयोगले निर्धारण गरेको आचारसंहिता विपरित आफनो चुनावी प्रचार प्रसार तथा समाचार सम्प्रेषण गरिएको पाईएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
आईतवार जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरले आयोजना गरेको निर्वाचनमा सञ्चारमाध्यमको भुमिका विषयक मिडिया अभिमुखिकरण कार्यक्रममा जिल्लामा आचारसंहिता विपरित दलहरुले र मिडियाहरुले आचार संहिता मिचेर कार्य गरेको पाईएको बताएका हुन् । जिल्लामा भएका आचारसंहिता विपरितका क्रियाकलापलाई आयोगले सुक्ष्म तवरले अनुगमन गरिरहेको र निर्वाचनमा निर्वाचन सम्बन्धी कुनै कार्य गर्दा गराउँदा कसैलाई हानी नोक्सानी पुय्राउने नियत राखी वा उक्त सुचना झुठो हो भन्ने नबुझी सम्प्रेषीत गरिएको भ्रामक सुचना वा जानकारी मिथ्या सुचना भएको प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले बताए ।
यसैगरी, निर्वाचन सम्बन्धी भएका सामान्य गल्ती बाहेक आफुलाई लाभ र अरुकसैलाई हानी नोक्सानी पुय्राउने र आममानिसलाई छक्काउने बदनियतका साथ जानीजानी गलत वा भ्रामक सुचनाहरु सम्पे्रषण गर्न नहुने उनले बताए । व्यक्ती, उम्मेदवार, राजनीतिक दल, समुह, संस्था,वा कुनै कार्यको प्रक्रियालाई हानी नोक्सानी पय्राउने अभिप्रायले गरिएको सुचना तथा जानकारी सञ्चार माध्यमबाट प्रसारण, प्रकाशित गर्न नहुने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । यस्तै राजनीतिक दलले निजी क्षेत्रको पत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रंत्येक दिन बढीमा तल माथी ७ ईन्च सम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने र प्रदेश सभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडिणे वा एफ.एम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबिस घण्टामा बढीमा तिन पटक तथा प्रंतिनिधी सभा सदस्य पदको लागी बढीमा चार पटकएक मिनेट सम्म प्रसारण गर्न सक्ने नियम रहेको उनले बताए ।
साथै,सरकारी वा गैर सरकारी निकायवा सार्वजनिक संस्था वा सो अन्तर्गतका कुनै परियोजनाको स्रोतसाधन र सम्पत्ती कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग नगर्न र आयोगद्धारा सञ्चालित कार्यक्रममा कुनै किसिमले अवरोध हुने गरी कुनै कार्य गर्न वा निर्वाचन सम्बन्धित सामग्री वा सुचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले बताए । पत्रकारहरुले कसैको पक्ष वा विपक्षमा एस.एम.एस., फेसबुक, मेसेञ्जर, ट्वीटर, भाइवर, यूट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने पनि जनाईएको छ ।
सूचनाको स्रोतको गोपनीयता भङ्ग गर्न नहुने,यस्तै, निर्वाचन सम्बन्धी कुनै विवरण, सुचना, सूची, वा अन्य कुनै कागजात नोक्सान गर्ने कार्य गरेमा र मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिई बाधा अबरोध गरे निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ बमोजिम कसुर मानिने र अनाधिकृत व्यक्ति मतगणना स्थलमा प्रवेश गरे वा गराएमा १५ हजार रुपैँया सम्म जरिवाना गर्न सक्ने आयोगले जनाएको छ । उक्त कार्यक्रमको सभापतिमा प्रमुख जिल्ला अधकिृत गोपाल प्रशाद अर्याल प्रमुख अतिथीमा माननीय जिल्ला न्यायधिस, मुख्य निर्वाचन अधिकृत धुर्व शाह, अतिथीमा कञ्चनपुर प्रहरी प्रमुख एसपी श्यासिंह चौधरी, जिल्ला निर्वाचन कार्यालयका प्रमुख तथा जिल्लामा रहेका पत्रकारहरुको उपश्थिती रहेको थियो ।