महेन्द्रनगर । बुधबार राति २ बजेर १२ मिनेटमा सुदूरपश्चिममा भुकम्प गएको छ । डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ । गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको हो । भूकम्पमा परी सोही ठाउँका पदम बोहराको घर भत्किदा उनकी श्रीमती भगवतीदेवि बोहरा, उनको छोरा ७ वर्षीय हर्क बोहरा, उनकै छोरी १४ वर्षीय सिता बोहराको मृत्यु भएको छ । यस्तै सोही ठाउँका प्रेम बोहरा, तुलसी बोहरार धनसरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले बताए ।
यस्तै वेपत्ता २ जनाको भने सकुुसल उद्धार गरीएको उनले बताए। डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६.६ म्याग्नीच्युडको भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका ३ अधिकांस घर चर्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
भूकम्पमा परी ५ जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् । घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीले सुदूरपश्चिमका बासिन्दालाई एक÷दुई दिन सतर्क रहन आग्रह गर्नुभएको छ । उहाँले पछिल्लो पटक ६.६ म्याग्नीच्यूडको भूकम्प गएको र त्यो भन्दा पहिलाका पूर्व कम्पन भएको बताएका छन् । भूकम्प गई सकेपछि त्यसको असर केही दिन रहने हुँदा सतर्क रहन उहाँ आग्रह गर्नुभएको हो ।
डोटी
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा भूकम्पमा परेकाहरूको उद्धार तथा उपचारमा खटिन निर्देशन दिएका छन् । बुधबार बिहान २ः१२ बजे राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ६ म्याग्निच्युडको भूकम्पमा परी डोटीको पूर्वीचौकी गाउँपालिका– ३ गैरागाउँमा ६ जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।
भट्टका स्वकीयसचिव प्रेम कुँवरले मुख्यमन्त्रीले सबै निकायलाई निर्देशन दिँदै तदारुकता देखाउन आग्रह गरेको जानकारी दिए। भूकम्पले गैरागाउँका आठ घरमा पूर्ण रूपमा क्षति गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोला भट्टले जानकारी दिए । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
बझाङ
बझाङमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पका कारण ६ घर क्षतिग्रस्त भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पले बझाङको थलारा गाउँपालिकामा ५ र छबिसपाथिभेरा गाउँपालिकामा १ गरी ६ घर पूर्णरूपमा क्षति पु¥याएको छ भने ३८ घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । थलारा गाउँपालिका ९ सिरेटामा महोनराज जोशी, जौकला सिंह, हंसा चदारा, अपु नेपाली, वीरबहादुर नेपाली र छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ४ व्यासीका डबल कामीको घरमा पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए । त्यस्तै थलारा गाउँपालिकाको सिरेटामै २५, केदारस्युँ गाउँपालिकामा ४, खप्तडछान्ना गाउँपालिकामा ९ वटा घरमा आंशिक क्षति पुगेको अवस्थीले बताए । यस्तै जिल्ला कारागार बझाङको भवनमा समेत आंशिक क्षति पुगेको छ ।

शुक्लाफाँटा खबर
5683 posts
Comments are closed.