महेन्द्रनगर । सुदूरपश्चिममा मंगलवारदेखी भुकम्प ग्ईरहेको अवस्थामा बिहिवार पनि बाजुरा केन्द्रबिन्दु बनाएर बिहान ५ बजेर १३ मिनेटमा ४ दशमलव १ म्याग्नीच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका अन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो । बिहीबार बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता चार दशमलव एक म्याग्नीच्युड मापन भएको केन्द्रले जनाएको छ ।
यसअघि खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर बुधबार बिहान गएको ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्पको धक्काले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको थियो । डोटी लगाएतका सुदूरपहाडका जिल्लामा भौतिक क्षति भएको थियो ।
Comments are closed.