खुल्ला सिमाबाट अबैध कुखुरा तस्करी बढयो, किसान मारमा

महेन्द्रनगर । मुलुक मासु र अण्डामा आत्मनिर्भर भईरहेको समयमा भारतिय सिमा नाका नजिक रहेका जिल्लामा यो विषय चुनौतीपूर्ण बन्दै गएको पाईएको छ । खुल्ला भारतिय सिमा नाका भएका कैलाली र कञ्चनपुरमा यो विषय चुनौतीपूर्ण बन्दै गएको कुखुरा व्यावसायीले बताएका छन् । बिभिन्न समयमा सिमानाकाबाट अबैधरुपमा जिल्लामा भित्रिएका कुखुरालाई स्थानिय किसानले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाउने गरेको कुखुरा पलक किसान भीमदत्त नगरपालिका १८ का हेमन्त सावदले बताए ।

सबै भन्दा बढी दोधाराचाँदनीमा रहेका खुल्ला सिमानाका भएर अबैध कुखुराहरु तस्करी बढेको उनले बताए । यसरी खुल्ला सिमानाकामाबाट अबैध तस्करीले गर्दा आफनो कुखुराहरुले बजार भाउ नपाएको उनले बताए । बैंकबाट चर्काे ब्याजमा ऋण निकालेर व्यवसायी गरेको अवस्थामा यसरी अबैध कुखुराहरु बजारमा पुग्नुले आफनो व्यावसाय तथा कयौँ किसानहरु मारमा पर्ने देखिएको उनले गुनाशो गरे, यो विषयमा स्थानिय सरकार तथा नाकामा रहेको सुरक्षाकर्मीहरुको अहम भुमिका हुनुपर्ने उनले बताए । यस्तै अर्का कुखुरा व्यवसायी हरिश भट्टको अहिले ३ वटा कुखुरा फार्म रहेको छ ।

उनी पनि नाकाबाट अबैधरुपमा भित्री रहेका कुखुराले गर्दा व्यापार व्यावसायी चौपट भएको दुखेशो पाखेका छन् । लाखौ रुपैँया लगानी गरेर व्यवसाय गर्ने हामी गबि किसानले कसरी बैंकको व्याज तिर्ने, केही पैसा आम्दानी होला भनेर व्यापार गरेको हो सबै व्यापारीहरु अहिले मारमा छन यो समस्यामा स्थानिय सरकार सम्बन्धीत निकायले कडाईको साथमा निगरानी गर्नुपर्ने उनले बताए । यस्तै बुधवार कञ्चनपुरको दोधाराचाँदनीमा भारतबाट आएको अबैध कुखुरा बरामद गरेर प्रहरीलाई बुझाएका छन् ।

दोधाराचाँदनी नगरपालिका १ का स्थानीय कुखुरा पालक किसान नरेश गिरीले बुधबार बिहान भारतबाट दुई मोटरसाईकलमा आईरहेका कुखुरा सशस्त्र प्रहरी र प्रहरीले बरामद नगरेपछि आफुहरुले बरामद गरेर प्रहरीलाई बुझाएको बताए । मोटरसाईकलमा कुखुरा तस्करी गरेर नेपाल ल्याउँदै गरेका सौरब औजी भने फरार भएको स्थानीय कुखुरा पालक किसानले प्रहरीलाई बताएका छन् मोटरसाईकल सहित किसानले बरामद गरेका कुखुरा ईलाका प्रहरी कार्यालय दोधाराले भन्सारमा बुझाईएको छ । ईप्रका दोधाराका इन्चार्ज अर्जुन सिह साउदले बरामद गरिएका कुखुरा सहित मोटरसाईकल भन्सार बुझाईएको बताए ।

सम्बन्धित

Comments are closed.