महेन्द्रंनगर । डडेल्धुरामा सात करोडको लगानीमा अमरगढी नगरपालिका १ मा स्थापना भएको भटमास प्रशोधन उद्योगको परीक्षण उत्पादन तथा उद्घाटन गरिएको छ ।
भटमास कम्पनीको एक कार्यक्रमका विच उत्पादन परिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका बिच किसानको जवानी किसानकै लगानी भन्ने नाराका साथ फार वेष्टर्न एग्रो जाइन्ट लिमिटेडको परीक्षण उत्पादन सफल भएको कम्पनीका अध्यक्ष डा.तारा जोशीले बताए ।
७ सय ७७ जना शेयर सदस्य रहेको र एक हजार बढी भटमास कृषक मिलेर उद्योग सञ्चालनमा ल्याइएको हो । यस कम्पनीले सुदूरपश्चिमका करिब चार सय जनालाई रोजगारी दिने लक्ष्य राखेको कम्पनीका अध्यक्ष डा.तारा जोशीले बताए । कम्पनीमा सोयाविन,मसला, टोफो, साबुन खाने तेल लगायतका उत्पादन हुने कम्पनीले जनाएको छ ।
Comments are closed.