कञ्चनपुरमा ३३ जना कैदीबन्दीले मतदान गर्न पाउने

महेन्द्रनगर । कञ्चनपुरमा ३३ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्ला कारागार कञ्चनपुरमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीमध्ये ३३ जनाले मंसिर ४ गतेको निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् । जिल्ला निर्वाचन कार्यालयले ५० जनाको नामावली पठाउन आग्रह गरेपनि कारागारबाट ३३ जनको नाम पठाएको जिल्ला कारागारका जेल्लर माया बस्नेत थापाले जानकारी दिईन् । कारागारमा ७५ पुरुष र २० महिला गरी ९५ जना कैदी राख्ने क्षमता भएपनि कारागारमा अहिले ४ सय १२ पुरुष र २१ महिला गरी जम्मा ४ सय ३३ जना कैदीबन्दी छन् । उनीहरुमध्ये अस्थायी मतदाता नामावलीमा नाम भएकाहरुले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सामानुपातिकतर्फ मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित

Comments are closed.