महेन्द्रनगर । भीमदत्त नगरपालका १८ तल्लो गोवरियाका युवा विवेक जैरुले २०७४ सालको निर्वाचन र २०७९ सालको स्थानिय तहको चुनावमा भाग लिएका थिए । चुनाव आउनु भन्दा अगाढी नेता कार्यकर्ताहरुले बिभिन्न आश्वासन दिने, बिभिन्न सपना देखाउने गरेको भएपनि पछि गएर उक्त आश्वासन सपनाहरु पुरा नगर्ने तितो अनुभव रहेको उनले बताए ।
जितेर गएपछि सबैले आफनो नजिकका नातेदार आफन्तहरुलाई बढी प्रोत्साहन गर्ने अवसर दिने तर जस्को कुनै पनि पहिचान छैन नजिक नेताहरु छैनन उसले कहिले पनि अवसर नपाउने परिपाटी रहेको उनले बताए । अहिले पनि दलहरुले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सबै दलहरूले आ–आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । आफनो जित निश्चित गर्नका लागि यतीखेर दल उम्मेदवार नेता कार्यकर्ताहरु जुलुस आम सभा तथा बिभिन्न एजेण्डा तथा आश्वासनहरु लिएर जनताको घरदैलोमा गईरहेका छन् । विगतका दिनहरुमा नेताहरुले दिने गरेको आश्वासनहरु कहिले पनि पुरा नहुने दलहरुले बिभिन्न सपना मात्र देखाउने गरेको स्थानियहरुले आरोप लगाएका छन् ।
चुनावको समयमा आउने र बिभिन्न विकास योजनाहरुको सपना मात्रै देखाउने व्यवहारमा लागु नगर्ने गरेको आम जनताको गुनाशो रहेको छ । निर्वाचनका बेला घोषणापत्रमा महत्वाकाङ्क्षी विषयले स्थान पाए पनि निर्वाचित भइसकेपछि ती प्रतिबद्धता कार्यान्वयन हुनेमा आफु विस्वस्त नभएको भीमदत्त नगरपालिका १८ तल्लो गोवरियाका व्यापारी उद्धव पौडेलको भनाई रहेको छ । अहिले बिभिन्न सञ्चार माध्यमबाट दलहरूका चुनावी प्रतिबद्धता सुनेका उनले दलहरूले गरेका चुनावी प्रतिबद्धता कार्यान्वयन हुनेमा आशङ्का रहेको बताए । वर्षले ६५ पुगेका उनले बिभिन्न कालखण्डमा रहेर मतदान गरेको र जनताले भने अनुसार विकास, रोजगार, स्वास्थ्य, शिक्षा, लगायतका आधारभुत कुराहरुमा सहज पहुँच नपाएको बताए ।
गएको निर्वाचनमा पनि उम्मेदवारले ठूला–ठूला विकासका योजना ल्याउने प्रतिबद्धता गरेकै हुन्, विगत पाँच वर्षमा केही हुन सकेन”, उनले भने, “चुनावका बेला त बिभिन्न योजना बनाउँछौ विकास गर्छौ भन्दैे सपना देखाउँछन् तर निर्वाचित भएपछि काम गर्नै सक्दैनन् ।” उम्मेदवारले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्न गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ छ । “जितेर गएपछि आफुले तयार पारेको घोषणापत्रमा के थियो कस्तो योजना बनाएका थियौ त्यो हेरेर काम गर्नु पर्ने उनले सुझाव दिए ।
‘जनता सामु गरेका वाचा योजना विकासका कुरामा आफनो प्रतिबद्धता पूरा गरे जनताले आफैँ भोट दिन्छन्, घर–घरमा आएर भोट माग्नै पर्दैन’ भीमदत्त नगरपालिका ४ का स्थानिय मोहन नेपालीले भने, दलहरूले निर्वाचनका बेला सार्वजनिक गर्ने घोषणापत्र कागजमा मात्रै सीमित हुन्छन, उनिहरुलाई नै थाहा हुदैन घोषणा पत्रमा के थियो भनेर, दलहरूले ल्याउने घोषणापत्रप्रति आम नागरिक विश्वस्त हुनसक्ने अवस्था छैन”, उनले भने, “उम्मेदवारले चुनावमा गरेका बाचा पूरा गर्न कटिबद्ध भएर लाग्नुपर्ने हो । तर बिडम्बना निर्वाचित भएपछि उनीहरु गम्भीर भएर नलागेको उनले बताए ।