कञ्चनपुरमा निर्वाचन रोक्ने प्रयास गरेको आरोपमा ८ जना पक्राउ

महेन्द्रनगर । आईतवार प्रतिनिधी र प्रदेश सभा निर्वाचनलाई रोक्ने प्रयास गरिरहेको अवस्थामा ८ जना युवालाई कञ्चनपुरमा प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको महेन्द्रनगरमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा आठ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नेकपा (बहुमत) का जिल्ला इन्चार्जसहित ८ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट इन्चार्ज हरिश दयालसहित ८ जनालाई नियन्त्रणमा लिइएको र अन्यको नाम भने प्रहरीले खुलाएको छैन् । उनीहरुलाई निर्वाचन विरोधी पर्चा, पम्पलेट बाँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । नेकपा (बहुमत) र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव बहिष्कारको आह्वान गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.