बाजुराका ८ मध्ये ३ मतदान केन्द्रको रोकीएको मतदान सूरु

महेन्द्रनगर । जिल्लाको मतदान रोकीएका ८ मध्ये ३ मतदान केन्द्रको मतदान सुरु भएको छ । सुरु भएका मध्य खप्तड छेडेदह गाँउपालिका वडा न १ स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ र त्रिबेणी नगरपालिका वडा ७ को मतदान सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताएका छन । बुढिगंगा नगरपालिका ८ को पनि सहमती पश्चात केही बेरमा मतदान पुन संचालन हुने भएको छ सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताएका छन ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार बुढीगंगा नगरपालिका ८ स्थित गिरिखेल्ने प्राथमिक विद्यालय, बुढीनन्दा नगरपालिका ५ र ७, स्वामीकार्तिक ३ र ४, खप्तड छेडेदह गाउँपालिका १ र त्रिवेणी नगरपालिका ७ मा रहेका मतदानस्थलको मतदान रोकिएको थियो । ती मतदानस्थलमा दलका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि कतिपय मतदानस्थलमा सुरक्षकर्मीले हवाई फÞायर गरेको थियो ।

सम्बन्धित

Comments are closed.