बाजुराको बुढिगंगा ८ र बुढिनन्दा ५ बाहेक सबै केन्द्रमा मतदान सूरु

महेन्द्रनगर । बाजुराको मतदान रोकीएका ७ मध्ये ५ मतदान केन्द्रको मतदान सुरु भएको छ । स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ र ३ त्रिबेणी नगर पालिका वडा ३ र ७ खप्तड छेडेदह गाउँपालिका वडा न १ को मतदान केही समय बिबाद पछि सहमती भएर सुरु भएको छ ।
जिल्लाको बुढिनन्दा नगरपालिका ५ र बुढिनन्दा नगरपालिका ८ बाहेक रोकीएका सबै मतदान केन्द्रमा पुन मतदान सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताएका छन् । बिबाद भएका ठाउँमा प्रहरीले हावाई फाएर समेत गरेको गरेको थियो । जिल्लाका बिबाद भएका ठाउँहरुमा अहिले नेपाली सेनाले हेलीकप्टर मार्फत गस्ती समेत गरीरहेको छ ।

सम्बन्धित

Comments are closed.