डोटी र दार्चुलामा हवाइ फायर

महेन्द्रनगर । डोटी र दार्चुलाको मतदान स्थलमा झडप हुँदा हवाई फायर गरिएको छ । दार्चुलाको एक मतदानस्थलमा विवाद उत्पन्न भएपछि हवाइ फायर गरिएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–५ स्थित ग्वानी बगौराको मालिकार्जुन मावि मतदान स्थलमा प्रहरीले हवाइ फायर गरेको हो । विवाद पैदा भएपछि त्यहाँको मतदान प्रक्रिया रोकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मत हाल्ने क्रममा दुई पक्षबीच विवाद भएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाइफायर गरेको थियो ।

अहिले मतदान पुनः सुचारु गर्नका लागि विवाद गर्ने पक्षहरुबीच सहमतिको प्रयास गरिदैछ । एकजनाको नामबाट अर्कैले मत हालेपछि विवाद भएको थियो । उता, डोटीमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर भएको छ । जिल्लाको शिखर नगरपालिका– ८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदानस्थल भित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्डहवाइ फायर गरेको हो ।
केही समय विवाद हुँदा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि भीड तितरबितर पार्न ४ राउण्ड हवाइ फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायव निरीक्षक भीम बोहराले जानकारी दिए । केही समयका लागि मतदान प्रक्रिया रोकिए पनि स्थिति सामान्य भएपछि मतदान पुनः सुरु भएको जनाइएको छ ।

सम्बन्धित

Comments are closed.