महेन्द्रनगर । कञ्चनपुरमा बाख्रा चराउन गएकी महिलालाई बाघले आक्रमण गरेको छ । भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित एक सामुदायिक वनमा बाख्रा चराउन गएकी महिलामाथि बाघले आक्रमण गरेको हो । श्रीराम मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गएकी करिब ६५ वर्षीय भागरथी भट्टमाथि बाघले आक्रमण गरेको जिल्ला प्रहर िकार्यालय कञ्चनपुरले जनाएको छ ।
आइतबार दिउँसो बाख्रा चराउन भूमिराज मन्दिर पछाडिको सामुदायिक वन क्षेत्रमा बाघको आक्रमणले उनको नाक र निधारमा चोटपटक लागेको छ । सँगै भएका अन्य महिलाहरुले होहल्ला गरेपछि बाघ भागेको स्थानीयले बताए । घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले बताए ।