कञ्चनपुरका मतदानस्थल अपाङ्गमैत्री हुन सकेनन्

महेन्द्रनगर । कञ्चनपुरमा अपाङ्गमैत्री मतदानस्थल बनाइने भनिएपनि व्यवहार भने नभएको पाईएको छ । भीमदत्त नगरपालिका १८ मा रहेको महेन्द्र मावी साधारण स्कुलमा ह्विलचियरमा मतदान गर्न पुगेका श्याम राईले मतदान गर्ने बुथमा ह्विल चियर नै भित्रै नपस्ने बनाईएको बताए । ‘मतदान गर्न भनेर भित्र गए त्यँहा भएको बुथमा रहेको मतदान पेटी भित्र नै ह्विल चियर पसेन’ उनले भने, ‘डोरीले बाँधेर सानो ठाँउ मात्रै रहेको थियो ह्विल चियर धौधौ भित्र पसाए’ । अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूको सहजतालाई ध्यानमा राखेर जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले कञ्चनपुरका सबै मतदानस्थलहरू अपाङ्गमैत्री बनाउने बताएको थियो ।

अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूको मतदानमा पहुँच पु¥याउने उद्देश्यले सबै मतदान केन्द्र अपाङ्गमैत्री बनाइन लागेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले गरेको उदघोष व्यवहारमा भने दखिएको थिएन् । अपाङ्गता भएका व्यक्तिलाई अन्य मतदाताझैँ मतदान केन्द्रहरूमा पुग्न सक्ने व्यवस्था गरिए पनि भित्र राखिएको मतपेटिका नजिक भने साँघुरो ठाँउ भएकाले समस्या भएको राष्ट्रिय अपाङ्ग महासङ्घ सुदूरपश्चिमका संयोजक उपेन्द्र खडायतले बताए ।

अपाङ्गता भएका व्यक्तिहरूको मताधिकार सुनिश्चित गर्न मतदान केन्द्र अपाङ्गमैत्री बनाइनुपर्ने बताए । “अन्य व्यक्ति जस्तै अपाङ्गता भएकाहरूले पनि सहजरूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने हो उनले भने, “सरकारले देशभरि तीन सय मतदान केन्द्र अपाङ्गमैत्री बनाएको छ, कञ्चनपुरमा एउटा पनि छैन् ।” उनले निर्वाचन आयोगले जिल्लाका सबै मतदान केन्द्रमा अपाङ्गता भएका व्यक्तिलाई सहज पहुँच दिने प्रतिबद्धता गरेको बताए ।

सम्बन्धित

Comments are closed.