सुदूरपश्चिमका यी क्षेत्रमा फेला परेका थिए संकास्पद वस्तु

महेन्द्रनगर । आईतवार सम्पन्न भएको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिमका बिभिन्न ठाँउमा शंकास्पद वस्तुहरु फेला परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ र पुनर्वास नगरपालिका–१ र २ मा राखिएका तीन वटा बमहरु सेनाको डिष्पोजल टोलीले निष्कृय पारेको हो । शनिबार राति पुनर्वास नगरपालिका–१ स्थित सन्तोष आयल स्टोर नजिक र सोही नगरपालिका–२ को अरनिको वस्तिमा फेला परेका बम जस्ता शंकास्पद वस्तु सेनाको टोलीले निष्कृय पारेको प्रहरीले जनाएको छ ।

‘राति शंकास्पद वस्तु फेला परेको खबर आयो,’ इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेश मल्लले भने, ‘सेनाको टोलीले आइतबार बिहान करिब ३ बजे ती वस्तुहरु डिष्पोज गरेको थियो । यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा शंकास्पद वस्तु फेला परेको थियो । आइतबार दिउँसो भीमदत्त नगरपालिका–१८ कटानस्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तत्कालीन महेन्द्रनगर नगरपालिकाका प्रमुख यज्ञराज जोशीको घरको पर्खालमा शंकास्पद वस्तु फेला परेको हो । नेपाली सेनाको टोलीले उक्त शंकास्पद वस्तु निष्क्रिय पारिएको थियो ।

महेन्द्रनगर माध्यमिक विद्यालय मतदान कृेन्द्र नजिक रहेको जोशीको घरको पर्खालमा अज्ञात व्यक्तिले राखेको शंकास्पद वस्तु सेनाले निष्कृय पारेको हो । यस्तै भीमदत्त नगरपालिका–६ स्थित शान्ति निकेतन मतदान केन्द्र नजिक भेटिएको शंकास्पद वस्तु पनि सेनाको टोलीले आइतबार बिहान करिब ७ बजेतिर निष्कृय पारेको छ । यस्तैगरी, कैलाली–५ धनगढीस्थित शारदा मावि मतदानस्थल नजिकै बम विस्फोट भएको थियो । विस्फोटनबाट क्षति भने पुगेको छैन् । कैलालीमा शनिबार रातिदेखि हालसम्म विभिन्न ८ मतदानस्थल नजिकै राखिएका विस्फोटक वस्तु सेनाको टोलीले निष्क्रिय पारेको थियो ।

आइतबार बिहान गौरिगंगा नगरपालिका ८ बडैपुरमा रहेको मतदानस्थल नजिकै राखिएको विस्फोटक पदार्थ सेनाले निष्क्रिय गरेको छ । यस्तै, टीकापुर, भजनी, लम्कीचुहाका विभिन्न मतदानस्थल नजिक राखिएका विस्फोटक वस्तुहरु निष्क्रिय पारिएको सेनाको तेघरीस्थित गणका गणपति रवी केसीले बताए । उता, डोटीका केआईसिँह गाउँपालिका वडा नम्बर ५ को राना गाउँ–जमलकट्टे बिचको सडकमा प्रेसर कुकर राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

सडकको जंगल क्षेत्रमा बम राखिएको हो । अहिले नेपाली सेनाको समूहले उक्त बम डिस्पोज गसिकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ यस्तै, अछामको ढकारी गाउँपालिका–२ कालिका मावि मतदान केन्द्रमा शङ्कास्पद वस्तु फेला परेको छ । बिहान ३÷४ बजेतिर नै मतदान केन्द्रको गेटमा उक्त शङ्कास्पद बस्तु फेला परेको हो । मतदान केन्द्रमा खटिएका प्रहरी सई भानुभक्त जोशीले नेपाली सेनाको टोली उक्त शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको बताए । उता बझाङ्गका ६ मतदानस्थल नजिक शंकास्पद बस्तु फेला परेका थिए ।

शंकास्पद बस्तु फेला पर्ने स्थान मध्ये बुङ्गल नगरपालिका अन्तर्गतका सत्य माबी तौलिचौर र सरस्वती मा बि त्यसै गरि जयपृथ्बी नगर पालिका १० बालमन्दिर छबिस पाथिभेरा गाउपालिकाको माली , दुर्गाथली गाउपालिकाको थापागाउ र थलाराको दङ्गाजी र अर्को स्थानगरि जिल्ला भरी ६ ठाउँमा बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेका हुन् । सबै ठाँउका शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रीय पारेको छ ।

उता, डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ८ (स्यालचौडी नजिकको) भंरेडी खोलामा पनि शंकास्पद वस्तु फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार प्लास्टिकको बट्टामा शंकास्पद वस्तु राखिएको अवस्थामा फेला परेको र घटनास्थलमा नेपाली सेनाको टोलि उक्त वस्तुलाई निष्क्रिय पारेको जनाईएको छ ।

सम्बन्धित

Comments are closed.