कञ्चनपुरमा ६२ दशमलव ४४ प्रतिशत मत खसे

महेन्द्रनगर । आईतवार सम्पन्न प्रदेश तथा प्रतिनिधसिभा चुनावमा कञ्चनपुरमा ६२ दशमलव ४४ प्रतिशत मत खसेको छ । आईतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ६२ दशमलव ४४ खसेको मुख्य निर्वाचन अधिकृत धु्रव शाहले जानकारी दिएका छन् ।

अहिले मतपेटिका संकलन गर्ने काम भइरहेको उनले बताए । मतपेटीका संकलन भइसकेपछि सर्वदलीय बैठक बस्ने र मतगणनावारे टुंगो लाग्ने छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि सभाका तीन क्षेत्र रहेको कञ्चनपुरमा कूल तीन लाख २ हजार ५०९ मतदाता रहेका छन ।

सम्बन्धित

Comments are closed.