महेन्द्रनगर । बाजुरामा भएको घटनामा संलग्नहरुलाई कारवाही प्रक्रियामा नआउँदा सम्म निर्वाचनका कुनै पनि प्रकृया अघि बढाउन नदिने बताईएको छ । नेकपा एमाले बाजुराले आफ्ना कार्यकर्ता अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारबाही अघि नबढाउँदासम्म निर्वाचनका कुनै पनि प्रकृया अघि बढाउन नदिने बताएको हो ।
बुुथ कब्जा गरेर फर्जी मत खसालिएका मतदान केन्द्रको निर्वाचन स्थगित गरी पुनः मतदान गर्नुपर्ने एमालेको अडान छ । एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १६ वटा मतदान केन्द्रमा पुनः मतदानको माग गरेको हो ।
बाजुराको त्रिवेणी नगपालिका ७ मा मंसिर (४) गते हिजो सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा अनेरास्ववीयुका केन्द्रिय कमिटी सचिवालय सदस्य एंव सुदूरपश्चिम विश्व विद्यालयका अध्यक्ष चेतन अयडीको हत्या सत्ता गठबन्धनको आडमा भएको नेकपा एमाले बाजुराले बाजुराले पत्रकार सम्मेलन मार्फत बताएको छ ।
नेकपा एमाले बाजुराले सदरमुकाम मार्तडीमा पत्रकार सम्मलेन गर्दै त्रिवेणी नगरपालिका ७ मा अयडीको हत्या सत्ता गठबन्धनको आडमा सुनियोजित तरिकाले भएको जनाएको छ ।

शुक्लाफाँटा खबर
5501 posts
Comments are closed.