कञ्चनपुरमा प्रदेश तर्फ काँग्रेस र माववादीले खाता खोले

महेन्द्रनगर । कञ्चनपुरमा नेपाली काँग्रेस र नेकपा माववादीले खाता खोलेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र २ (ख) प्रदेश सभामा नेपाली काँग्रेसका उम्मेदवार बहादुर सिह थापा निर्वाचित भएका छन् । काँग्रेस महाधिवेशन प्रतिनिधी थापाले निकटतम प्रतिद्वन्दी एमालेका केन्द्रीय सदस्य कृपाराम रानालाई १ हजार ७ सय २६ मतको अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

थापाले १० हजार ६ सय ६८, रानाले ८ हजार ९ सय ४२ ल्याएका थिए । उक्त निर्वाचन क्षेत्रबाट ९ उम्मेदवार चुनावी मैदानमा थिए । नेकपा एकीकृत समाजवादीका लाल बहादुर ४ हजार ४०४, हाम्रो नेपाली पाटीका जमान सिह कार्कीले ४सय ३२, नेपाल मजदुर किसान पाटीका सजित सिह रानाले १९५, राप्रपाका चक्र्रदेव जोशी १ हजार ८सय ३५ र नेपाली काँग्रेस बिपीका नारायण दत्त बोहराले ७९० र पहिलो पटक चुनावमा भाग लिएको नागरिक उन्मुक्तिका जितेन्द्र चौधरीले १ हजार ८६८, लोकतान्त्रिक समाजवादी पाटीका लक्ष्मी देवी डगौराले १७१ ल्याएका छन । क्षेत्र २ क मा ५० हजार ८८९ मतदाता मध्ये ३१ हजार १७१ मत खसेका थिए । क्षेत्र २ बाट संघ तर्फ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एनपी साउद अग्र स्थानमै रहेका छन ।

यसैगरी कञ्चनपुरमा पनि नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र २(क) देश सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार ओम विक्रम भाट(सरल) निर्वाचित भएका छन् । माओवादी नेता सरले निकटतम प्रतिद्वन्दी एमाले नेता सिहलाई ४ सय ७४ मतको अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । यस निर्वाचन क्षेत्रमा माओवादीका युवा नेता ३५ बर्षिया सरल र एमालेका ४२ बर्षिया नेता बचन बहादुर सिहविच कडा प्रतिस्पर्धा भएको थियो । क्षेत्र २ (क) मा ५४ हजार ६८८ मतदाता मध्ये खसेका थिए ।

सम्बन्धित

Comments are closed.