महेन्द्रनगर । बैतडीमा एक किशोरीको घाँटी रेटेर हत्या गरिएको घटनामा शसस्त्र प्रहरीका एक जवान रहेको आशँका गरिएको छ । पञ्चेश्वर गाउँपालिका–४, सैलोडाकी २१ वर्षीया माया लुहारको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेका छ भने, उनका दाईको छोरी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेको वडा अध्यक्ष जनकबहादुर चन्दले बताएका छन् । गत सोमवार कुलाउ बजारमा ति शसस्त्र प्रहरकिा जवानले मृतक लुहारको मोवाईल खोसेर लगेको तथा बजारमा पनि सँगै देखिएको उनले बताए । अहिले ति जवान फरार रहेको उनले जानकारी दिए । तर ती शसस्त्र प्रहरीको नाम भने गोप्य राखिएको उनले बताए । घाईते नेहा लुहारले दिएको जानकारी अनुसार किशोरकिो शव फेृला परेको थियो ।
घटना विवरण
मंगलबार बिहान १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका–३, कुलाउमा लुगा सिलाउन गएका दुवै जना घर नफर्केपछि खोजी गर्दै जाँदा बुधबार माया मृत फेला परेकी हुन् । नेहा भने घाइते अवस्थामा फेला परेकी हुन् । माया र नेहाको खोजी गर्दै जाँदा शिवनाथ गाउँपालिका–६, शिवनाथ मन्दिरनजिकै मायाको शव फेला परेको हो । पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगा भन्ने स्थानमा नेहा घाइते अवस्थामा फेला परेकी हुन् । मायाको धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । नेहाको पनि घाँटी रेटिएको र उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको छ ।

शुक्लाफाँटा खबर
5683 posts
Comments are closed.