महेन्द्रनगर । धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । उक्त विद्यालयका विद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध पारेका हुन् ।
उनीहरुले टायर जलाउँदै सडक अवरुद्ध पारेका हुन् । बिहिवार बिहान धनगढी उपमहानगरपालिका–५ तारानगरकी चेतना साउद हसनपुर पिपलचौतारा नजिक पानिपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक चितवन भरतपुर महानगरपालिका– २८ बस्ने २७ वर्षीय विमल कुमाललाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।