महेन्द्रनगर । बाजुराको त्रिबेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको हत्या आरोपमा वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडि प्रक्राउ परेका छन् । चेतनका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडा अध्यक्ष सहित २२ जना बिरुद्ध किटानी जाहेरी गरेको छ ।
जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख सुर्य थापाका अनुसार चेतन मृत्यु प्ररकरणमा किटानी जाहेरी भएपछि वडा अध्यक्षलाई प्रक्राउ गरेको वताए । प्रक्राउपछि अनुसन्धान भइरहेको थापाले वताएका छन् । वडा अध्यक्ष जुद्ध नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट आरोपमा १ महिना पहिला जिल्ला अदालत बाजुरा बाट १ लाख धरौटिमा छुटेका थिए । वडाअध्यक्ष सहित अन्य ३ जना १ लाख धरौटिमा छुटेका थिए । वडा अध्यक्ष अयडी नेपाली काँग्रेस निर्वाचित भएका हुन् ।
चेतनको हत्यामा संलग्न भएको भन्दै प्रहरीले केहि प्रक्राउ गरिसकेको वताएको छ । किटानी जाहेरी गरेकालाइ प्रक्राउ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले बाजुराले जनाएको छ । त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर दुइ जनाको मृत्यु भएको थियो । ४ गते दिउँसो मतदानको समयमा नेपाली काँग्रेसका कार्याकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो ।
सुरक्षाकर्मीको गोलि लागेर स्थानिय काँग्रेस कार्यकर्ताको वडा नम्बर ७ का सञ्जिब अयडिको मृत्यु भएको थियो । ४ गते साँझ त्रिवेणी ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको काँग्रेस कार्यकर्ताको कुटपिट बाट मृत्यु भएको थियो । मतदान केन्द्रमा भएको झडपमा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तनि जना घाइते भएका थिए ।
Comments are closed.