वेदकोट नगरपालिकमा पृथक किसिमले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाईदै

महेन्द्रनगर । अहिले देशैभरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान संचालन भईरहदा कञ्चनपुरको वेदकोट नगरपालिकाले भने अलि फरक किसिमले यो अभियानलाई मनाईरहेको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्धको अभियान’ भन्ने मूल नाराका १६ दिने अभियानअन्तर्गत वेदकोट नगरपालिकामा रहेका सबै १० वटा वडामा अहिले जनचेतना मुलक सम्वाद कार्यक्रमको आयोजना गरी बिभिन्न सरोकारवाला निकायका प्रतिनिधीहरुलाई राखेर वडाका बिभिन्न क्षेत्रमा रहेका आम जनसमुदायहरुको समस्या तथा उनीहरुको पिडा, समस्यामा परेका, हिंशामा परेको भएपनि त्यसको समाधान गर्ने र कसरी न्याय पाउन सकिन्छ भनेर सबै वडामा अहिले जनचेतना मुलक सम्वाद कार्यक्रमको आयोजना गरिएको हो ।

शुक्रवार वेदकोट नगरपालिका ४ को बगुनमा पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सम्वाद कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा गाँउमा रहेका सम्पुर्ण बुद्धिजिवी, राजनितिज्ञ, आमा समुह, विधार्थी शिक्षक, फरक क्षमता भएका व्यक्तिहरु, पत्रकार, प्रहरी, प्रशासन लगायतका व्यक्तीहरुको उपश्थितीमा सम्वाद गरिएको थियो । होटेलमा गएर कार्यक्रम गोष्ठी सभा सेमिनार गर्नु भन्दा यो सम्वादमा आम जनताले आफनो गुनाशो, समस्या सम्बिन्धत निकायका प्रतिनिधीलाई सिधै राख्न सक्ने भएकाले यो प्रभावकारी रहनेमा आफु विस्वस्त रहेको नगर उपप्रमुख तुलसी जोशीले जानकारी दिईन् ।

जिल्लाका अन्य स्थानीय तहमा पनि हिंसाविरुद्धका अभियान भइरहेका छन् । गाउँ समाजमा अझै पनि महिला हिंसा, जातीय भेदभाव, घरेलु हिंसालगायतका कुरा भइरहेकाले यो अभियानले मानिसलाई जागरुक गरी हिंसामुुक्त हुन कानुनीरुपमा सहयोग मिल्ने उनले बताईन् । समयसमयमा दूरदराजका गाउँका महिला तथा किशोरी सहभागी गरी सचेतनामूलक कार्यक्रम गर्दा लैङ्गिक हिंसामुक्त हुन उत्प्रेरित गर्ने र १६ दिने यो अभियानअन्तर्गत विभिन्न महिला सचेतीकरणका विषय, महिला अधिकार, मानव अधिकार र मौलिक हकका विषयमा समेत जानकारी गराइरहेको र हिंशा भएमा कसरी र कुन माध्यमले अगाडी जाने भन्ने विषयमा पनि जानकारी प्रदान गर्ने भएर यो सम्वाद कार्यक्रमको आयोजना गरिएको उनले बताईन् ।

अहिले पनि हाम्रो गाँउ समाजमा दिदिबहिनीहरु हिंशामा परे भने कसरी न्याय पाउने भन्ने पनि जानकारी नभएको हुँदा यो समवाद कार्यक्रममा पत्रकार, प्रहरी, जनप्रतिनधि, अधिवक्ता, समाजसेवि लगायतलाई अगाढी राखेर उनिहरुले आफनो समस्या अथवा जिज्ञाशा राखेर आफनो राखेको जिज्ञाशा अथवा प्रश्न वा समस्याको समाधान खोज्ने प्रयासमा यो सम्वादको संचालन गरिएको उपप्रमुख जोशीले बताईन् । लैङ्गिक हिंसा न्युनिकरण गर्नका लागि सबैले आफनो मनै देखी मन्न चिन्तन गरौ जब सम्म आफनो मन भित्रको कालो नकारात्मक पक्षलाई हटाईदैन तब सम्म समाजमा रुपान्तरण नहुने र हिंशाको अन्त्य पनि नहुने उनले बताईन ।

‘मदिरा, लागुऔषधमा हिंशा छैन, ति बाहिर देखिने अवषेश मात्रै हुन, हिंशा भित्र लुकेको तपाँई हाम्रो सोचमा छ हिंशा, बिचारमा रुढिबादी मान्याता सोचमा छ हिंसा, हिंशा परम्परामा रहेको छ ति सबै हिंशालाई प्रशय दिने खालका सबै चिजवस्तुलाई जब सम्म हामी फल्दैनौ वा मनन गर्दैनौ तब सम्म हिंशाको पनि अन्त्य हुदैन’ । उनले भनिन, सधै घरमा गएर महिलालाई पिटनु मात्रै हिंशा होईन घरमा गएर मानसिक तनाव दिने यातना दिने पनि हिंशा हो साथै तपाईले गरेको व्यवहारले कतै अरुलाईपिडा दिएका त छैन भनेर पनि सोच्नु पर्ने हुन्छ । लैङ्गिक हिंसा अन्त्यका लागि परिवार तथा समाजमा सचेतना फैलाउन जरुरी रहेको महिला मानव अधिकार रक्षक संजाल कञ्चनपुरका का जिल्ला अध्यक्ष भगवती थापाले बताईन् ।

अहिलेको अवस्थामा मानव भनेको शान्ती खोज्ने प्राणी भएकाले सबैले शान्ती खोज्ने क्रममा आफुबाट पहिलो सुरुवात गरियो भने समुदाय समाज र देश नै शान्त बन्ने भएकाले सबैले शान्तीपूर्णरुपमा घरमा व्यवहार गर्ने गरियो भने पनि हिंशामा कमी आउने उनले बताईन् । व्यक्तिगत घटना, घरेलु हिंसालगायत महिलामाथि हुने अन्यायलाई रोक्नका लागि हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापीरुपमा १६ दिने अभियान मनाइने गरिन्छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.