यस्तो छ वेदकोटमा सामुदायिक पशु व्यवस्थापनको नालीबेली

महेन्द्रनगर । वेदकोट नगरपालिकाले सामुदायिक पशु चौपाया व्यवस्थापनको कार्यलाई निरन्तरता दिँदै गर्दा अहिले त्यँहा सामुदायिक पशु चौपायालाई स्थानियले पालिका परिसरमा लगेर छोडिदिएका छन् । विगत ८ महिनादेखी नगर उपप्रमुख तथा सामुदायिक पशु व्यवस्थापन संयोजक तुलसी जोशीको अगुवाईमा सामुदायिक पशुको व्यवस्थापनको कार्य निरन्तरतर चलिरहँदा सुनियोजित तवरले कार्यलाइ विफल पार्ने योजना अनुरुप केही तत्वहरु सक्रिय भएर उक्त कार्य गरेको नगर उपप्रमख जोशीले बताईन् ।

गत कार्तिकमा लक्ष्मी पुजाको दिनमा बिधिवत रुपमा भुमी पुजन पनि गरिसकेको र अहिले पशुलाई नितान्त आवस्यक पर्ने खाना परालहरु संकलन तथा अन्य कार्य भईरहँदा सक्रिय महिलाहरुले गर्दै आएको काममा बाधा व्यवधान हालेर समस्यालाई कम गर्नुको साटो झन बढी बढाउने योजना अनुरुप काम नगर्न नगर उपप्रमुख जोशीले आग्रह गरिन् । बेदकोट नगरपालिका ४ मा रहेको बाल ज्योती माबि नजिक बैतडामा रहेको १२ बिगाह जमिनमा भुमी पुजन गरी सामुदायिक पशुचौपाय व्यवस्थापन गर्ने काम भईरहँदा अहिले आएर काम क्रमागत तवरले भईरहेको छ ।

‘एकैछिनमा नहुने काम विस्तारै भईरहेको छ, दिगो व्यवस्थापनमा लागेको भएर पनि केही समय लागेकाले पशु चौपायालाई राख्नका लगि आवस्यक पर्ने भौतिक संरचनाहरु पनि नबनेको अवस्थामा कसरी अहिले नै सामुदायिक पशुलाई लगेर खुल्ला आकाश मुनी राख्ने’ उनले भनिन् । ‘अहिले भौतिक संरचना निर्माण प्रक्रियामा जानका लागि केही समय लाग्ने त्यसको पनि केही दिन भित्रै प्रक्रिया बिधी पुय्राएर भौति संरचना निर्माणको लागी पनि कार्य भईरहेको छ।

केही धैर्य गरिदिन पर्ने हो आम किसानहरुले म जनप्रतिनिधी भएर आएपछि मेरो पहिलो प्राथमिकता भनेकै सामुदायिक पशु चौपायालाई व्यवस्थापन गर्ने हो जो म गरेर नै छोडने छु यो मेरो प्रतिबद्धता भयो’ ।अहिले एउटा महिला शसक्त समुहले गौ माताको व्यवस्थापन गर्दछु भनेर अगाढी बढेको अवस्थामा यस्मा सबैले साथ सहयोग दिनुपर्ने अवस्था आएको यो बेलामा महिला हरुलाई काम गर्न बाट बञ्चित पार्नको लागि प्रपञ्च रच्नु भन्दा सबैले यो समस्याको लागि समाधान तर्फ जान सबैमा आग्रह गर्दछु उनले भनिन् ।

बैजनाथ महिला बहुउदेस्य सहकारी संस्थाले चारो तथा कर्मचारी व्यवस्थापनको जिम्मा पाएर अहिले काम पनि सुचारु गरेको छ । जुन हिशावले अहिले आरोप लगाईको छ त्यो सबै आरोपहरु झुट्टा रहेको र आफुसँग सबै प्रमाण तथ्य भएकाले पनि सबै आरोपहरु झुट्टा रहेको उनले बताईन् । महिला समुहले गर्नलागेको यो सामुदायिक कार्यमा सबैको साथ सहयोग गर्नुहुनेमा आफु विस्वस्त रहेको उनले बताईन् । सत्यको डोरी बलियो हुन्छ कहिले पनि नटुटने भएको र यो धार्मिक कार्य पनि भएकाले यसमा कसैले पनि भ्रष्टाछार गर्ने पैसा खाने वाखाएको पुष्टि भएमा जनताले जे सजाय भन्छ त्यो भोक्न आफु तयार रहेको उनले बताईन् ।

सामुदायिक पशु व्यवस्थापनका लागि विगत ८ महिनादेखी तदारुकता देखाएर वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीको संयोजकत्वमा सामुदायिक पशु चौपायाहरुको दिर्घकालिन समाधानका लागी विस्तृत योजना तयार गर्ने, कार्यदल निर्माण गर्ने, मस्यौदा समीती पनि निर्माण भई सकेको अवस्थामा वेदकोट नगरपालिकाले सामुदायिक पशु चौपायालाई व्यवस्थापन गर्न देखाएको तदारुकताले चौतर्फीरुपमा सकारात्मक परिणाम पाएको छ ।

वेदकोट नगरपालिकाले विभिन्न स्थानमा व्यवस्थीत पशु गौशाला सञ्चालन गरीरहेका योगी पिताम्बर नाथसँग समन्वय गरी छाडा चौपायालाई कसरी दिर्घकालिन समाधान गर्न सकिन्छ भनेर पनि सल्लाह सुझाव लिएको थियो शुरुवाती चरणमा जग्गा पाउनका लागी ठुलो चुनौती रहेको अवस्थामा वेदकोट नगरपालिका ४ मा रहेको वालज्योती विधालयका व्यवस्थापन समितीले १२ विगाह जमिन उपलब्ध गराउने निर्णय भएपछि अहिले उक्त ठाँउमा विजुली बत्ती, पानी बित्तिय व्यवस्थापन आहरा व्यवस्थापन लगायतको अहिले पनि समस्या भएको छ । यो समस्या समाधान गर्ने संघिय सरकार, प्रदेश सरकार स्थानिय समाजसेवी, बुद्धिजिवी,लगायत सबैको दायित्व भएकाले सबैले साथ दिन नगर उपप्रमुख तुलसी जोशीले आग्रह गर्नु भयो ।

सम्बन्धित

Comments are closed.