कञ्चनपुरमा भारतिय महिलाको ठग्ने तरिका गजबको

महेन्द्रनगर । कञ्चनपुरका बिभिन्न ठाँउमा अहीले भारतिय महिलाहरुले ठगी गरिरहेको पाईएको छ । पुराना घराईसी सामान तथा सुनका गरगहनाहरु ठगी गरेर लैजाने गिरोह सक्रिय भएको पाईएको हो । गत हप्ता मंगलवार वेदकोट नगरपालिका ७ मा एकैदिन लाखौ रुपैयाको गरगहना तथा महँगो तामा, काँसा सिल्भरका घरायसी सामग्रीहरु ठगेर लगेको पाईएको छ ।

जुन घरमा महिला मात्र छन त्यँही घरमा उनीहरुले ठग्ने गरेको पिडित मानमती ठगुन्नाले बताईन् । ‘मंगलवार ३ जना भारतिय जस्तै देखिने हिन्दी र कतिबेला भोजपुरी पनि बोल्ने महिलाहरु आएर मेरो चाँदीको पायल लगेर भोली फर्ता ल्याईदिने भन्दै लगेर गए, र उनिहरुले लोभ लालच के दिए भने यस्मा थप अरु पनि सामान ल्याउछौ भनेर गए“’ उनले भनिन, ‘दास्रो दिन आए थप सामान पनि दिए फेरी अरु सामान केछ पुराना भाँडा तामाको काँसाको सबै ल्याउनु यसको हामीलाई अरु पनि ुामान बनउनु छ यो बाट अरु भाँडा बनाएर भोली फेरी फर्ता गर्छाै भनेर आफनो लगाएको ४ आनाको सुनको तिलहरी पनि दिए, आज ४ दिन भन्दा बढी भई सक्यो फर्किएर आएका छैनन् । पछि मात्र थाहा भयो की गाँउ भरीका अन्य महिलाहरुलाई पनि ठगेर लगेको रहेछ भनेर’ ।

अहिले पश्चात गरेर केगर्ने आफनै गल्ती भयो तर ति महिलालाई देख्यो भने लोभिएर घरमा भएका सबै सामान दिन मन लाग्ने भयो के पो जादु जस्तै गरे ति महिलाहरुले अर्का पिडित चन्द्रदेब बडुले बताए । अटोमा आउने गरेका ति महिलाहरुले सबै सामान लुटेर लगेको र आफुसँग भएको तामाको ठुलो गाग्री, भाँडाकुँडा, र सुनको तिलहरी पनि लगेर लगभग ४० हजार बराबरको सामग्री लगेर गएको उनले बताए । तिनीहरुको चिल्लोकुरा लोभ लालच देखाएर सबै सामान निकाल्ने तरिका भएका मिहलाहरु छन अहिले पनि ति महिलाहरुले आफनो गाँउमा भएका लगभग सयौ परिवारलाई ठगेर सामान लगेको उनले बताए ।

पहिला विस्वास दिलाउनको लागि सामान फिर्ता दिने पैसा पनि दिने पछि त्यो सामान भन्दा बढी सामानहरु लुटेर लैजाने गरेको उनले बताए । गाँउमा एकअर्कालाई सोधेर जुन घरमा महिला मात्रै छन् त्यही घरका महिलाहरुलाई ठग्ने गरेको उनले बताए । अर्का पिडित वेदकोट नगरपालिका ७ की तुलसी धामीले पनि आफु ठगिएको बताएकी छिन् घरमा कोही नभएको बेलामा आएर लोभ लालच देखाएर घरमा भएका सबै भाँडाकुँडा तथा गरगहना पनि नया बनाएर दिने तथा थप पैसा पनि पदने भनेर लगेको बताईन अन्य छिमेकीहरुले पनि दिएको देखे फेरी सबैले दिई रहेका छन म पनि दिँउन भन्ने सोच आएपछि सामान दिए अहिले आएर आफु ठगिएको थाहा भएको उनले दुखेसो गरिन् ।

अहिले उक्त क्षेत्रमा ७ परिवार र अन्य गाँउमा पनि ठगी गरेको खबर आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले ति महिलाहरुको खोजी कार्यलाई तिव्रता दिईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित

Comments are closed.