महेन्द्रनगर । अहिले कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा सडक चौडा पार्ने तथा ढल निकासाको लागि कार्यलाई तिव्रता दिई रहेको छ । एडिबी बैँक (एसियाली विकास बैंक) को ऋण सहयोगमा र भीमदत्त नगरपालिकाको समन्वय तथा क्षेत्रिय शहरी विकास आयोजनाको कार्यक्रम रहेको यो योजनामा अहिले बजारमा रहेका गल्लीहरुमा सडक चौडा पार्ने योजना बढदै जाँदा दुर्घटनाको जोखिम पनि बढेको पाईएको छ ।
निर्माण कार्य गरिरहँदा पैदल यात्रु सवारी साधनहरुले पनि त्यही बाटोको प्रयोग गरिदिदा दुर्घटनाको जोखिम बढेको हो । गत बिहीबार उपमहानगरपालिका–५ हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा बिधार्थी चेतना साउँदलाई कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । अहिले महेन्द्रनगर बजारमा पनि सडक निर्माणको कार्य भईरहदा त्यही दुर्घटना यहाँ पनि घटन सक्ने भीमदत्त नगरपालिका ४ का व्यापारी सञ्जय सिलाधरले बताए ।
‘अहिले यो गल्लीनम्वर ३ मा निर्माण कार्य भईरहेको छ यहाँ ठुलाठुला मेसिन उपकरणले काम गरिरहदा पैदल यात्रु, सवारी साधन मोटरसाईकलहरुलाई यो गल्लीमा संचालनमा रोक गरिनुपर्ने हो, तर जोखिम मोलेर भएपनि सबैले आफनो ज्यान जोखिममा राखेर हिँडिरहेका छन्’ उनले भने, ‘यो जोखिम हो र विर्माण कम्पनी तथा नगरपालिकाले कार्य गरिरहेको समयमा यात्रु सवारी साधनलाई रोक्नु पर्ने हो तर भएको छैन्’ ।
जोखिम मोलेर दुर्घटनाको प्रवाह नगरेर भएपनि आम पैदल यात्रु तथा सवारी साधनहरु पनि निर्माणाधिन सडकमा आएर संचालन गर्दा बढी जोखिम रहेको निर्माण कम्पनीले जनाएको छ । ‘अहिले विकास निर्माणको काम संचालन भएको छ, यो समयमा जुनसुकै पनि दुर्घटना घटना हुन सक्छ, यो बेलामा आम जनताले पनि सचेत हुनुपर्छ’ स्थानिय बिमल भण्डारीले भने, ‘ठुलाठुला डोजर, लोडर जेसिबी लगायतका मेसिनले कार्य गरिरहेका छन् त्यो बेलामा सचेत हुनुपर्ने, बेलामा सबै सवारी साधन पैदल यात्रु सबैले त्यहीबाटो प्रयोग गय्रो भने, जोखिम बढन सक्छ’ । धनगढीमा पनि यस्तै बेला भएको दुर्घटनाले कस्तो उग्ररुप लियो त्यो बाट पनि यहाका सम्बन्धित निकायले सिक लिनुपर्ने हो उनले भने, यता, भीमदत्त नगरपाकिाका नगर प्रवक्ता महेन्द्र खडकाले यो विषयमा आफुहरुको ध्यानकर्षण भएको र यो विषयलाई गम्भिर भएर निर्माण कम्पनीसंग समन्वय गरी यो समस्याको समाधान निकाल्ने बताए ।
अहिले निर्माण कार्य भईरहदा सबै गल्लीमा पसल बैंक कार्यालय मेडिकलहरु भएकाले आम उपभोक्ता जनताहरुको काम पनि भईरहने भएकाले उनीहरुले पनि दैनिकी सामान खरिद गर्नुपर्ने भएकाले यो विषयमा आम जनताले पनि सचेत हुनुपर्ने र यो समस्यालाई यथासिघ्र समाधान गरिने उनले बताए । एडि बी को कञ्चनपुरमा पौने ३ अरब रकममा काम भईरहेको र अहिले पहिलो चरणमा १ अरब रकममा कार्य भईरहेको नगरपालिकाले जनाएको छ ।
Comments are closed.