महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देबकोटा बुधबार पनि विहानदेखि भगतपुर सडकमा धर्ना बसेका छन् । सडक कालोपत्रेको बजेट कटौती गरिएपछि मंगलबार पत्थरपुर सडकमा धर्ना बसेका उनले बुधबार भगतपुर सडकमा धर्ना बसेका छन् । अघिल्लो आर्थिक वर्षमा निर्माण सुरु गरिएका सडकको बजेट कटौती गरिएपछि वडा अध्यक्ष देवकोटा नगरपालिकालाई दबावका लागि धर्नामा बसेका छन् ।
उनले केही दिन अघि बजेट कटौती गरिएका सडकका नाम सहित नगरपालिकामा पत्र पठाएइका थिए । ‘यी सडकको काम अघिल्लो आर्थिक वर्षमा सुरु गरिएको थियो, बेसमेन्टका काम गरिएका छन्, यस वर्ष बजेट नै कटौती गरियो’ उनले भने,‘त्यो कटौती बजेटका लागि धर्ना बसेको छु, यसलाई नगरपालिकाले गम्भीर रुपमा लिने आश राखेको छु ।
भीमदत्त नगरपालिका १८ का खैरभट्टी शान्ती टोल, गोबरिया नेगी टोलदेखी पूर्व जाने बाटो, निम्बुखेडा पुरानो स्वास्थ्य चौकीदेखी पूर्व जाने बाटो, निम्बुखेडा उल्टाखाम पुलदेखी दक्षिण जोड्ने बाटो, र पत्थरपुर जोडने बाटोको बजेट कर्टाती गरिएको र आम जनताको विकासको लागि आएको बजेट नै कटौती गरेर वडावासीलाई दुख दिने कार्यको विरुद्धमा आफुले अनशन बसेको वडा अध्यक्ष देवकोटाले बताए ।
उनी ती सडकमा विहान १० देखि साँझ ५ बजेसम्म धर्ना बस्न थालेका हुन् । कार्यालयका कामकाज भने उनी धर्ना बसेर पनि गरि रहेका छन् । उनी सेवाग्राहीलाई आफू धर्ना बसेको कारण जानकारी दिएर असहज भएको क्षमा समेत मागि रहेका छन् ।
Comments are closed.