महेन्द्रनगर । चिया नेपाली परिवेशमा जो कोहीका लागि परिचित पेयपदार्थ हो । ठाउँ, परिवेश र उमेर समूहले आ–आफ्ना रुचिका चिया पिउने गर्दछन् । कञ्चनपुरका एक युवाले दैनिक २ सय देखी २ सय ५० कप चिया बेचेर लोभ लाग्दो आम्दानी गरिरहेका छन् ।
स्वदेशमा रहेर सानो पूँजीमा पनि केही गर्न सकिन्छ भनेर ‘मोबाईल टि’ संचालन गरेका छन् । बिहान ५ बजे उनको दिनचर्या शुरु हुन्छ, उनका बुवा तथा आमाले चियाको लागि चाहिने सम्पुर्ण परिकारहरु तयार पारिदिनु हुन्छ अनि उनी हातमा ठुलाठुला थर्मस बोकेर चिया बेच्न निस्कन्छन् । भीमदत्त नगरपालिका ६ ऐठपुरका वर्ष ३१ का हरीश चन्दले ‘मोबाईल टी‘ अर्थात घुम्ती चिया पसल संचालनमा ल्याएका छन् । उनी कञ्चनपुरको महेन्द्रनगर बजारमा प्रत्येक पसल पसलमा गएर चिया बेच्छन् ।
विदेशमा ५ वर्ष सेक्यूरिटी गार्डमा काम गरेका उनी देश फर्किए पछि कोरोनाको कहरले च्यापेको अवस्थामा घरमा बस्दा उनलाई यो बिचार आयो की अब केही नविनतम कामको खोजी गरी आफनै देशमा बसेर काम गर्नु पर्दछ । ठुलो काम गर्न उनिसँग लगानी पनि थिएन । त्यसपछि उनले आफनै बुवाले गरिरहनु भएको काम चिया बेच्नेलाई नयाँ शैलीले बजारमा व्यापार गर्ने सोच अनुसार अहिले दैनिक २ सयदेखी २ सय ५० कप चिया दैनिक पसल पसलमा गएर बचेर मनग्य आम्दानी गरेका छन् ।
दुध भएको चिया २० र कालो चिया १५ रुपैँयामा बेचेर दैनिक २ हजार बचत गरिरहेको उनी बताउछन् । ‘कहिले त्यो भन्दा पनि बढी बिक्री हुन्छ त कहिले कम पनि हुन्छ तर कम लगानीमा राम्रो कमाई भएको छ’ । उनले भने, ‘परिवारमा ४ जना छौ सबैलाई यही चियाको कमाईले पुगेको छ, भाईले अहिले बिबिए को अध्ययन सिध्याएर बसेको छ अब उसको पढाईलाई अगाढी लैजानको लागि पनि यही बाट आम्दानी गरी पढाउने सोच रहेको छ’ । ‘अहिले १ वर्ष पुरा भयो यो चिया पसल संचालन गरेको आफनो काम देखेर आन्नद आउँछ, आफनै परिवारका सदस्यहरुसँग बसेर एक् रोटी खान पाईएको छ ।
आफनो देशमा बसेर केही गर्नुपर्दछ भनेर यो व्यावसायमा आफु लागेको हो’ उनले भने, सबै ग्राहकहरुले चियाको गुणस्तर तथा स्वाद पनि राम्रो भएको बताउँछन त्यही भएर दैनिकरुपमा यती धेरै कप बिक्रि हुन्छन् । ‘कतिपय युवाहरुले आफनो कामको प्रशंसा गर्ने गरेको उनले बताए । धेरै युवाहरुले राम्रो काम गर्नु भएको र मिहिनेती हुनुहुन्छ भनेर भन्छन त्यो बेलामा धेरै खुसी लाग्छ’ उनले भने, बिहान ५ बजेदखी बेलुकीको ६ बजे सम्म निरन्तर रुपमा चिया बेच्ने उनले अब यही पेशालाई अगाढी पनि आफनो आम्दानकिो स्रोत बनाउने योजना रहेको बताए अलि शैली फरक होला परिवर्तन होला तर पेशा भने यही चिया बेच्ने नै हुन्छ उनले भने,
Comments are closed.