महेन्द्रनगर । कञ्चनपुरका खुल्ला सिमानाकाहरु मानव बेचबिखनका लागि प्रमुख केन्द्र बनेको छ । माइती नेपाल कञ्चनपुरले प्रस्तुत गरेको तथ्याङकले जिल्लामा रहेका बिभन्न खुल्ला नाकाबाट यो वर्षमा १ सय ५५ जनालाई उद्धार गरेको पाईएको छ । संस्थाका संयोजक महेश्वरी भट्टले बर्ष २०२२ को हाल सम्मको कार्य प्रगति प्रतिबेदन प्रस्तुत गर्नेक्रममा माइती मानव बेचबिखन तथा ओसारपसारको अवस्था भयाबह देखिएको बताईन् ।
माइती नेपालले यस बर्ष मात्रै अहिले सम्म गड्डाचौकी सिमानाका र झोलुङ्गे पुलको बाटो हुंदै सिमापार गराउन लागिएका एक सय ५५ जना महिला तथा बालबालिकालाई रोकथाम गरी उनिहरुको परिवारका सदस्इहरुसँग भेट गराएको जनाएको छ । त्यसै गरी ५० जना महिलालाई सिमानामै परामर्श दिईएको र आफु बेचबिखनको जोखिममा परेको भनेर थाहा पाएपछि सिमानाका बाटै घर फर्किएको उनले बताईन् । यसै बर्ष भारतका बिभिन्न शहरका बेश्यालयमा छापा मारेर माइती नेपालले २२ जना महिला तथा बालबालिकाको उद्धार गरी पुनस्र्थापना गरेको संस्थाका संयोजक महेश्वरी भट्टले बताईन् ।
अहीले पनि मानव तस्करीहरुले नयाँ नयाँ बाटो नयाँ शैली अपनाएर बेचबिखन गर्ने पाईएको अवस्थामा चनाखो भईएन भने फेरी जोखिम बढेर जाने उनले बताईन् । बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी ईन्चार्ज प्रहरी निरिक्षक बिनु शाहीले मानव बेचबिखन बिश्वब्यापी समस्या भएकाले यस्को नियन्त्रणका लागि सबैले अभिभावकमुखी जिम्मेवारी निर्वाह गर्न सचेतनाको आवश्यकता रहेको बताउनु भयो । नेपालमा मानव बेचबिखन नियन्त्रण र पीडतिको उद्धार तथा पुनस्र्थापनामा माईती नेपालले धेरै राम्रो काम गरेको छ, उहांले भन्नु भयो– माइती नेपालले धेरै राम्रो काम गरेको छ ।
नेपाल प्रहरी पनि घटना अघि र पछि संगै जोडिएको हुन्छ । घटना हुन नदिन र घटना भई सके पछि पनि अनुसन्धानको क्रममा नेपाल प्रहरी प्रत्यक्षरुपमा जोडिएको हुन्छ । त्यसैले हाम्रो जिम्मेवारी पनि महत्वपुर्ण हुन्छ । हामी सदा साथ र सहयोगका लागि तत्पर छौं । अन्तर्राष्ट्रिय अध्ययनहरुले हराएका र फेला नपरेका मानिसहरु (द्वन्द्व, सैन्यकरण र प्रकोपको अवस्थामा बाहेक) अधिकतम बेचबिखनमा पर्ने गरेको पाइएको राष्ट्रिय मानवअधिकार आयोगको ‘मानव बेचबिखनसम्बन्धी प्रतिवेदन–२०७६ मा उल्लेख छ । प्रतिवेदनअनुसार नेपालमा करिब ३५ हजार मानिस मानव बेचबिखनमा परेका छन् भने १५ लाख बेचबिखनको जोखिममा छन् ।
सन् २०१४ मा नोभा साउथ इस्टर्न युनिभर्सिटीकी केटरीना रोजनब्लाटले घरेलु श्रमिक महिलाहरुको बेचबिखनको जोखिम पहिचानको क्रममा एउटा तथ्य फेला पारिन् । उनको भनाइमा मानव तस्करहरुले महिलाहरुको पारिवारिक समस्या, सुरक्षा र स्नेहको खोजीलाई नै मुख्य रुपमा लक्षित गर्छन् र अन्ततः बेचबिखनमा पु¥याउँछन् । पुरुष सदस्यको अनुपस्थितिमा परिवारभित्र दोहोरो आर्थिक र पारिवारिक बोझ, सामाजिक प्रथाजन्य विभेद तथा असमान अवसरहरुका कारण विकल्पको खोजी गर्न बाध्य हुँदा बेचबिखनको जालोमा पर्ने गरेको सन् २०१९ ले ‘फोकस अन लेबर एक्स्प्लोइटेसन’को अध्ययनले देखाउँछ ।
Comments are closed.