महेन्द्रनगर । वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले जनप्रतिनिधीलाई तथ्यहिन, अपुष्ट, प्रमाण बिना आरोप प्रति आरोप लगाएर मानसिक पिडा दिनुपनि हिंशा भएको बताउनु भयो । देशैभरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान संचालन भईरहँदा आफुले आफनै पालिकामा रहेका १० वटा वडामा कार्यक्रम संचालन गरिरहँदा महिला भएकै नाताले बिभिन्न आरोप लगाएर, बिभिन्न तथ्यहिन, प्रमाण विनाका आरोप खेपेको अवस्थामा एउटा जनप्रतिनिधीलाई बिभिन्न लाल्च्छना आरोप लगाएर मानसिक तनाव दिन सक्ने व्यक्तिहरुले आम महिलाहरुलाई कति प्रताडित गरेको होला बिचार गर्नुहोस त ? भनेर प्रश्न गर्नु भयो,
पछिल्लो समय वेदकोट नगरपालिकामा सामुदायिक पशुचौपायाको विवादमा आफुलाई बिभिन्न तथ्यहिन, अपुष्ट आरोप लगाएर विभेद गर्ने मानसिक यातना दिने कार्यले पनि महिला माथी भएको हिंशालाई प्रसय दिएको बताउनु भयो । शनिवार लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिनमा आफनो भनाई राख्दै उपप्रमुख जोशीले एउटा सक्रिय जनप्रतिनिधी महिला समुहहरुले काम गर्दछु भनेर लागे पनि बिभिन्न क्षेत्रबाट काममा बाधा हाल्ने, अवसरबाट पछाडी पार्ने योजना गर्ने र महिलाहरुलाई कमजोर सावित गर्नु पनि हिंशा भएकाले यस्ता गतिबिधीले समाजमा नकारात्मक सन्देश प्रवाह गर्ने उहाँले बताउनु भयो ।
पालिकामा रहेको १० वटै वडामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत सम्वाद कार्यक्रम संचालन गरी जस्मा स्थानिय आमा समुह, जनप्रतिनिधी, प्रहरी प्रशासन, कानुन व्यावसायीहरुलाई राखेर गरेको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको उहाँले बताउनु भयो । उक्त कार्यक्रममा सहभागीहरुले आफुमा भएको एउटा नकारात्मक पक्ष तथा बानी त्याग्ने पनि प्रतिबद्धता जाहेर गरेको पनि बताउनु भयो ।
‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्धको अभियान’ भन्ने मूल नाराका १६ दिने अभियानअन्तर्गत वेदकोट नगरपालिकामा रहेका सबै १० वटा वडामा जनचेतना मुलक सम्वाद कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बिभिन्न सरोकारवाला निकायका प्रतिनिधीहरुलाई राखेर वडाका बिभिन्न क्षेत्रमा रहेका आम जनसमुदायहरुको समस्या तथा उनीहरुको पिडा, समस्यामा परेका, हिंशामा परेको भएपनि त्यसको समाधान गर्ने र कसरी न्याय पाउन सकिन्छ भनेर सबै वडामा जनचेतना मुलक सम्वाद कार्यक्रमको आयोजना पालिकाले गरेको थियो ।
Comments are closed.