महेन्द्रनगर । विगत ६ दिनदेखी अनसनरत रहेका भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देवकोटाले आम जनताहरुको माग सम्बोधन नभएमा कडारुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । विगत मंसिर २० गतेदेखी भीमदत्त नगरपालिका १८ मा रहेका बिभिन्न सडकहरु कालोपत्रे गर्ने बजेट कटौती गरिएपछि वडाका अध्यक्ष देवकोटा अनशन बसेका हुन् ।
गत आर्थिक वर्षमा बजेट विनियोजन भई सडकको बेस निर्माणको कार्य पनि सम्पन्न भईसकेको अवस्थामा अहिले आएर एकाएक बजेट नै कटौती गरी सडकहरु अलपत्र पारेको अध्यक्ष देवकोटाले बताए । अहीले आफु अनसन बसेको १ हप्ता बित्दा पनि नगरपालिकाले कुनै पनि सुनुवाई नगरेको उनले बताए । आईतवार भीमदत्त नगरपालिका १८ को खैरभट्टीको शान्ती टोलमा अनशन बसेको अध्यक्ष देवकोटाले अब कडारुपमा प्रस्तुत हुनुपर्ने अवस्थाको सिर्जना नगरपालिकाले गरेको बताए ।
‘६ दिन बितिसक्यो यो मेरो माग होईन आम जनताको माग हो उनिहरुले पाउनु पर्ने योजना हो किन यस्मा नगरपालिका गम्भिर नभएको होला ?’ उनले प्रश्न गरे, ‘अब दवाव दिनका लगि स्थानिय सहित नगरपालिकामा धर्ना दिने, त्यो पनि सुनुवाई भएन भने तालाबन्दी गर्नुपर्ने अवस्था आउने र त्यसले लिएको उग्ररुपमा हुन जाने क्षतीको पनि पालिकाले स्वयम जिम्मेवारी लिनुपर्ने हुन्छ’ । नगरपालिकाले अब उक्त सडकहरु निर्माण नभएर आम जनतालाई सास्ती भएकाले उक्त कटौती गरिएको बजेटलाई यथासिघ्र प्रक्रिया मिलाएर बजेट व्यवस्थापन गरी सडक कालोपत्रेको काम संचालन गरिनु पर्ने माग रहेको अध्यक्ष देवकोटाले बताए ।
भीमदत्त नगरपालिका १८ का खैरभट्टी शान्ती टोल, गोबरिया नेगी टोलदेखी पूर्व जाने बाटो, निम्बुखेडा पुरानो स्वास्थ्य चौकीदेखी पूर्व जाने बाटो, निम्बुखेडा उल्टाखाम पुलदेखी दक्षिण जोड्ने बाटो, र पत्थरपुर जोडने बाटोको बजेट कर्टाती गरिएको र आम जनताको विकासको लागि आएको बजेट नै कटौती गरेर वडावासीलाई दुख दिने कार्यको विरुद्धमा आफुले अनशन बसेको वडा अध्यक्ष देवकोटाले बताए ।
भीमदत्त नगरपालिका १८ खैरभट्टीका स्थानिय अर्जुन प्रशाद पाण्डेयले विगतका दिनमा पनि हामी जनताले दुख पायौ पिच सडक होईन अहिले ग्रोभेलका लागि पनि सास्ती खेपिरहेको बताए । सडकको बेस निर्माण गरेर अलपत्र छोडिएको प्रती सबै स्थानियहरु पनि एकजुट भएर अध्यक्ष जिको साथमा रहेको उनले बताए । अहिले आएर जनतालाई ठग्ने विकास विरोधी कार्य गर्न नमिल्ने र आम जनताको दुखमा मलहम लगाउनु पर्ने साटोमा दुख दिएर झन तनाव नदिन र यथासिघ्र सडक निर्माण प्रक्रियामा जान उनले आग्रह गरे ।