निर्वाचन क्षेत्र २ (क ) का नव निर्वाचित भाटः युवा लक्षित कार्य गरेर देखाउने छु

महेन्द्रनगर । निर्वाचन क्षेत्र २ (क ) बाट निर्वाचित ओम विक्रम भाट (सरल) ले आफु कैलालीमा बसेर काम नगर्ने कञ्चनपुरको वाणीमा आफनो सम्पर्क कार्यालय खोलेर जनताको माँझमा रहेर काम गर्ने बताएका छन् । शनिवार कृष्णपुर नगरपालिका ६ सिंहपुर सामुदायिक वनको हलमा पत्रकार सम्मेलनमा उनले आफु जनताको सेवक भएको नाताले कैलालीमा रहेर काम नगर्ने र आफनो सबै मतदाताहरुको पायक पर्ने क्षेत्र भनेको वाणी भएकाले त्यँही एउटा सम्पर्क कार्यालय खोलेर जनताहरुसँग प्रत्यक्ष भेट गरेर, उनिहरुको समस्या बिचारसँग नजिक रहेर विकास निर्माण तथा अन्य विषयमा रहेर सेवागर्ने बताएका छन् ।

मत माग्दा जनतासँगै बसेर काम गर्ने प्रतिबद्धता गरेको अवस्थामा आफुले जनताको नजिकमा रहेर काम गर्ने योजना रहेको बताए । निवाचनको बेलामा आफुले मतदाताहरुलाई भनेको थिए, एउटा पुरानो परम्परालाई तोडने छु , जनताको माझमा रहने र जनताप्रती सरोकार नराख्ने कारणले अहिले जनता र जनप्रतिनिधीबिच समस्या देखिएको छ । त्यही समस्यालाई क मगर्न जनताको नजिक रहेर सेवा दिने र उनिहरुको माझमा रहेर समस्या बुझेर निवारण गर्ने बताए ।

साथै विकराल रुपमा रहेको छाडा चौपायालाई पनि तिनै तहका सरकारहरुसंग समन्वयकारी भुमिका निर्वाह गरेर पशु चौपायाहरुको लगत संकलन गरेर सामुहिक रुपमा हल गरिने र त्यसको लागि प्रदेशबाट पहल गरेर कार्यक्रम ल्याउने बताए । साथै उनले युवा लक्षित कार्यक्रम ल्याएर भारत तथा अन्य तेस्रो मुलुक जाने युवाहरुको संख्यामा कमी ल्याउने बताएका छन् । भोट माग्दा पनि युवाहरुको पक्षमा रहेर काम गर्ने देशमै रोजगार सिर्जना गर्ने आफनो प्रमुख लक्ष्य रहेको भन्दै भोट मागेर जितेको र त्यही अनुसार आगामी दिनमा पनि काम गर्ने बताए । साथै युवाहरु पछिल्लो समय लागुऔषध दुव्र्यशनीमा कुलतमा लागेर आफनो भविश्य बिगार्दै हिँडिरहेको अवस्थामा त्यसलाई न्यूनिकरण गर्ने कार्यक्रम ल्याउने यसै क्षेत्रमा एउटा पूर्नस्थापना गृहको स्थापना गर्ने आफनो योजना रहेको उनले बताए ।

साथै युवाहरुलाई उत्पादनमुखी बनाउनका लागि उनिहरुलाई स्वरोजगार उत्पादन र उद्यमशिलता बनाउनका लगि बिभिन्न योजनाहरु ल्याएर सामुहिकतामा गरिने बताए । साथै जग्गा नापजाँचको काम पनि अगाढी बढी सकेको र यो आयोगले छिटो भन्दा छिटो काम गरेर सबैलाई जग्गाधनी बनाउने योजना रहेको बताए । साथै आफुलाई माया दिएर विजयी गराउनु हुने मतदातालाई उनले धन्यवाद व्यक्त पनि गरेका छन् ।

यसैगरी समानुपातिक प्रदेश सभा सदस्य गिता चौधरीले अबको ५ वर्षमा आफुले जनता माझ गरेका प्रतिबद्धतालाई पुरा गर्ने र शिक्षा स्वास्थ्य स्वरोजगारको सिर्जना गरी पछाडी पारिएका समुदाय, महिलाहरुको जिवन उकास्नका लागि आर्थिकरुपमा सशक्त बनाउनका लगि आफु सदैव लागि पर्ने बताईन् । अबको ५ वर्षमा महिलाहरुको सिप मुलक आयमुलक कामलाई निरन्तरता दिने बताईन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.