कञ्चनपुर, कैलाली र डडेल्धुरामा लागुऔषधसहित ६ जना पक्राउ

महेन्द्रनगर । पछिल्लो समय सुदूरपश्चिममा लागुऔषधको कारोबार तथा प्रयोगकर्ताहरु बढदै गएको पार्ईएको छ । प्रहरीहरुले सक्रियता बढाएपछि अहिले प्रयोगकर्ता तथा व्यापारहिरु पनि धमाधम पक्राउ परिरहेका छन् । शनिवार र आईतवार पनि कञ्चनपुर, कैलाली र डडेल्धुरामा लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरमा ३ जना, कैलालीमा २ जना र डडेल्धुरामा १ जना लागुऔषधसहित पक्राउ परेका हुन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–६ ङ गाउँबाट सशस्त्र प्रहरीले अवैध लागुऔषध (खैरो हेरोइन) सहित ३० वर्षीय पंकज पन्तलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरीको पुनर्वासस्थित बर्डर आउट पोष्ट (बीओपी) बाट खटिएको टोलीले उनलाई खैरो हेरोइनसहित पक्राउ गरेको थियो । भन्सारस्थित चेक प्वाइन्टबाट शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर घर भएका पन्तलाई पक्राउ गरिएको हो ।

उनको साथबाट २० दशमलव ४ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट से ३ प ८६९१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ । पन्तले पुनर्वाससँग सीमा जोडिएको भारतको बसहीस्थित मिलन बजारबाट लागुऔषध खरिद गरी ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पन्तलाई प्रहरीले थप अनुसन्धानका लागि हिजै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाएको थियो । यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका ३ जनज्योति चोकबाट पनि २ जना लागुऔषधसहित पक्राउ परेका छन् ।

शनिबार राति भीमदत्त नगरपालिका ३ बस्ने २७ वर्षीय दिनेश कुँवर र सोही नगरपालिका ४ बस्ने ३८ वर्षीय अनिलसिंह पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्यूरो कञ्चनपुरबाट खटिएको प्रहरीले दिनेशलाई १ ग्राम ९५ मिलिग्राम र अनिललाई ३ ग्राम ९ मिलिग्राम लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । उता, कैलालीको कैलारी गाउँपालिका ५ बैजपुरबाट लागुऔषधसहित ३ जना समातिएका छन् । प्रहरीका अनुसार ३४ ग्राम ५ सय १० मिलिग्राम लागुऔषधसहित भारत लखिमपुर खिरी बेलापुर बस्ने ५० बर्षीय समिरा सिह र सोही ठाउँका ५३ बर्षीय शेर सिह पक्राउ परेका हुन ।

शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले युपि ३१ बिएक्स ८०९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ । उता, डडेल्धुरामा पनि लागु औषधसहित डडेल्धुराको अमरगढी नगरपालिका–१ ढुन्ढुनेका ५८ वर्षीय बिरबहादुर ऐर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । जिल्लाको अमरगढी नगरपालिका–१ ढुन्ढुनेस्थित कैलपाल किराना तथा चिया पसलमा लागु औषध (चरेश) रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पसल तथा घर खानतलासी गर्दा उक्त पदार्थ फेला पारेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए । डीएसपी भट्टका अनुसार ऐरलाई हिरासतमा राखिएको छ भने आइतबार जिल्ला अदालत डडेल्धुरामा पेश गरिने छ । उनको साथबाट लागु औषध (चरेश जस्तो देखिने कालो पदार्थ) ६.५४० किलोग्राम बरामद गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.