नेपाल बिधुत प्राधिकरण बाजुरा वितरण केन्द्रमा तालाबन्दि भएको छ । साउन २६ गते प्राधिकरणका कर्मचारी भक्त रावल बिद्युक्त लाइन बिस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएका रावलका आफन्तले सम्झौता अनुसारको क्षतिपुर्ति नपाएको भन्दै आफन्तले तालाबन्दि गरेका हुन् । जिल्ला प्रशासन कार्यलयमा बसेको सर्वदलिय बैठकले श्रीमतीलाई करारमा जागिर खुवाउने र ५ लाख क्षतिपुर्ति दिने सहमति भएको थियो ।
सहमति अनुसार क्षतिपुर्ति र जागिर नपाएको भन्दै कार्यलयमा आएर तालाबन्दि गरेको मृतकका बुवा मन्नाम रावलले वताए । पहिला करारमा जागिर खुवाउने र ५ लाख दिने दुबै सहमति भएको अहिले कार्यलयले कि क्षतिपुर्ति कि जागिर मात्र दिने कार्यलयले वताएको छ । बाजुरा वितरण केन्द्रका प्रमुख ललित मण्डलका अनुसार जिल्लामा सर्वपक्षिय बैठकले ५ लाख नगद र करारमा जाखिर दिने सहमति गरेको थियो । तर केन्द्रमा राहतका लागि पहल गर्दा कुनै एक मात्र रोज्न पिडित परिवारलाइ भनेका थियौ । पिडितले तालाबन्दि गरेको छ, हामीले केन्द्रिय कार्यलयमा समन्वय गरिरहेको वताए ।
बडिमालिका नगरपालिका ८ घर भएका रावल बुढिगंगा नगरपालिकामा सेरामा बिद्युक्तको मेन लाइन बनाउने क्रममा करेन्ट लागेर घाइते भएका थिए । घाइते रावलको उपचारको क्रममा अछामको बयलपाटा अस्पताल मृत्यु भएको थियो ।
Comments are closed.