भीमदत्त १० को वडा कार्यालय भवन निर्माणमा चरम लापरवाही, फुटाएर फेरी बनाईदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १० को नवनिर्मित वडा कार्यालय भवन निर्माणमा निर्माण कम्पनीले चरम लापरवाही गरेको स्थानियहरुले आरोप लगाएका छन् । स्थानियहरुले नवनिर्मित भवनमा गएर अनुगमन गर्दा भवनको दोस्रो तलामा गरेको प्लास्टर र साथै अन्य ठाँउमा चिरा परेकोे फेला परेको हो ।

अनुगमन टोलिले भवनको अनुगमन गर्दा भवनको ढलान कमसल खालको हालेको र भवनको पहिलो तलामा पनि चुहिने समस्या देखिएको र दास्रो तलामा हालिएको ढलानका माथी प्लाष्टर पनिगुणस्तरहिन काम गरेको भेट्टिएको स्थानिय केशब पन्तले बताए । निर्माण कम्पनिले चरम लापरवाहि गरेर राज्यको बजेट दुरूपयोग गर्न खोजेको स्थानियले आरोप लगाएका छन । निर्माण कम्पनीले गुणस्तरहिन सामग्रीहरुको प्रयोग गरेको आरोप लगाएका हुन् । वाईआर कन्ट्रक्सन निर्माण कम्पनिले भीमदत्त नगरपालिका १० को वार्ड भवन १ करोड ४७ लाखमा निर्णाणको ठेक्का पाएको हो ।

निर्माण कम्पनिका ठेकेदार सञ्चालक निरञ्जन भट्ट निर्माण व्यवसायीका अध्यक्ष समेत रहेका छन् । स्थानियले निर्माण हुन लागेको वार्ड भवनको पहिलो तला चुहिने देखिएको हुँदा पटक पटक गुहार गर्दा समेत आलटाल गरेको तत्काल दोस्रो तला निर्माण गरेको स्थानियहरु गुनासो गरेका हुन् । निर्माण अवस्थामा रहेको भवन कमसल खालको बनाएको गुणस्तरहिन काम गरेको भन्ने बिषयमा निर्माण कम्पनिका ठेकेदार निरञ्जन भट्टले आफुले गुणस्तर र मापदन्डमा रहेर काम गरेको दावी गरेका छन ।

ठेकेदार भट्टले भवन निर्माण अवस्थामा रहेको बिल समेत बजेट अभावले भुक्तानी हुन बाँकी रहेको बताए । यता वडा अध्यक्ष महेश चन्दले दोस्रो तलाको ढलान माथी गरिएको प्लाष्टर र पेटीहरुमा कमसलका खालको काम गरेको पाईएको बताए । अहिले नै चिरा परेको पाईएको उनले बताए । त्यही विषयलाई लिएर भीमदत्त नगरपालिकाबाट आएका प्राविधिकहरुले पानीको मात्रा नभएको कारणले चिरा परेको हुनसक्ने प्रतिक्रिया दिएको अध्यक्ष चन्दले बताए । अहिले उक्त सबै प्लाष्टर फुटाएर नयाँ काम भई रहेको उनले बताए । यस्तो लापरवाही कामको उचित अनुगमन गरी कारवाही पनि गरिनु पर्ने उनले बताए ।

सम्बन्धित

Comments are closed.