महेन्द्रनगर । कैलालीमा भारतिय नागरिको कुटाईबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का स्थानीय लालबहादुर बोहराको ज्यान गएको हो । आइतबार राती उनलाई निर्घात कुटपिट गरेका थिए । स्थानीय व्यापारी समेत रहेका बोहराको आफ्नो पसल अघि भारतीय नम्बर प्लेटको कार पार्किङ गर्न थाले पनि उनले अवरोध गरेका थिए ।
त्यही क्रममा मदिराले लट्ठिएका दुई जना भारतीयले उनलाई निर्घात कुटपिट गरी फरार छन् । कुटाइबाट गम्भीर घाइते भएका बोहराको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो । कुटपिटमा संलग्न भएको आरोपमा दुई जना नेपाली भने पक्राउ परेका छन् ।
पीडितको उजुरीको आधारमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष २९ का सुरेन्द्र डगौरा थारु र सोही ठाउँ बस्ने वर्ष ३२ का श्रवण चौधरी आफ्नो नियन्त्रणमा रहेको र फरारहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Comments are closed.