महेन्द्रनगर । बाजुरामा ७ महिनामा कुपोषणबाट ५ बालबालिकाको मृत्यु भएको छ । कुपोषणको कहरका रुपमा चिनिने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाउँमा बैशाख यता ५ जना बालवालिकाको मृत्यु भएको हो । सधैका बर्षमा कुपोषणले यो गाउँमा बालवालिकाको मृत्यु हुने गरेको छ । यो बर्षमा पनि ५ जनाको मृत्यु भएको अनमि जानकी न्यौपानेले वताएकि छन् ।
स्थानिय जानकी विकको ३ बर्षको छोरा टिका बिक, शान्ति विकको ४ बर्षको छोरा प्रकाश विकको मृत्यु भएको हो । त्यस्तै मदन विककी १२ दिनकी छोरी, मुना विकको १३ दिनको छोरा र बाटुली विकको २१ दिनको छोराको मृत्यु भएको छ भने आमाहरु कडा कुपोषणको शिकार भएको पालिकाका सुचना अधिकारी कुबेर बहादुर शाहिले वताएका छन् । २ सय ४३ जना प्रजनन आमालाई मध्ये २९ जना अति कुपोषित र ७१ जना मध्यम कुपोषित रहेको पाईएको हो ।
त्यस्तै १० देखी १४ बर्ष सम्मका किशोर र किशोरीलाई जाँच गर्दा १२ जना अति कुपोषित, ५३ जना मध्यम र ५६ जना सामान्य कुपोषित रहेको स्वास्थ्यकर्मीले वताएका छन् । शुदुरपश्चिम प्रदेश सरकारले २ सय ९४ मन्दिर बनाउन २३ करोड २१ लाख विनियोजन गरेको गरेको छ । अभाब र गरिबिको चपेटामा परेको मुक्तिकोटमा शुन्य रहेको छ ।
Comments are closed.