महेन्द्रनगर । विगत ६ दिन देखी अनशनमा रहेका भीमदत्त नगरपालिका १८ का वडाअध्यक्षले आफनो अनशन तोडेका छन् । मंसिर २० गतेदेखी भीमदत्त नगरपालिका १८ मा रहेका बिभिन्न सडकहरु कालोपत्रे गर्ने बजेट कटौती गरिएपछि वडाका अध्यक्ष देवकोटा अनशनमा बसेका थिए ।
भीमदत्त नगरपालिका १८ का खैरभट्टी शान्ती टोल, गोबरिया नेगी टोलदेखी पूर्व जाने बाटो, निम्बुखेडा पुरानो स्वास्थ्य चौकीदेखी पूर्व जाने बाटो, निम्बुखेडा उल्टाखाम पुलदेखी दक्षिण जोड्ने बाटो, र पत्थरपुर जोडने बाटोको बजेट कर्टाती गरिएको र आम जनताको विकासको लागि आएको बजेट नै कटौती गरेर वडावासीलाई दुख दिने कार्यको विरुद्धमा आफुले अनशन बसेको वडा अध्यक्ष देवकोटाले बताए ।
गत आर्थिक वर्षमा बजेट विनियोजन भईसकेको सडकका बेस निर्माणको कार्य पनि सम्पन्न भईसकेको अवस्थामा एकाएक बजेट नै कटौती गरी सडकहरु अलपत्र पारेकोले आफुले अनशनमा बसेर दवाव दिँदै गर्दा अहिले आएर नगरपालिकाले आफनो माग सम्बोधन गर्ने भएपछि आफुले अनशन तोडेको अध्यक्ष देवकोटाले बताए । ‘पहिलो पटक नगरपालिकाबाट नगर प्रवक्ता महेश खडका र प्रशासकिय अधिकृत २ जना वार्ताको लागि आउनु भयो मैले उहाँसँग वार्ता गर्दैन भनेपछि नगर प्रमुख पदम वोगटीले फोन गरेर तपाईको माग सम्बोधन हुन्छ भनेपछि अनशन तोडेको हुँ
उनले भने, त्यसपछि भोली पल्ट स्थानिय सहित नगरपालिकामा गएर नगर प्रमुख बोगटीले आउँदो हिँउदे अबिधेशन नगर सभाबाट बजेट छुट्याएर निर्माण रोकिएका सडकहरुमा काम सुरु हुने भनेपछि आफु ढुक्क भएको उनले बताए । भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देवकोटाले आम जनताहरुको माग सम्बोधन नभएमा कडारुपमा प्रस्तुत हुने चेतावनी दिएका थिए ।
अनसन बसेको १ हप्ता बित्दा पनि नगरपालिकाले कुनै पनि सुनुवाई नगरेको र दवाव दिनका लगि स्थानिय सहित नगरपालिकामा धर्ना दिने, त्यो पनि सुनुवाई भएन भने तालाबन्दी गर्नुपर्ने अवस्था आउने र त्यसले लिएको उग्ररुपमा हुन जाने क्षतीको पनि पालिकाले स्वयम जिम्मेवारी लिनुपर्ने उदघोष गरेका थिए । उनको अनशनमा स्थानियहरुले साथ दिएका थिए ।
Comments are closed.