महेन्द्रनगर । डडेल्धुराबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाका निकटतम प्रतिस्पर्धी सागर ढकालले आफनो चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले बिभिन्न शिर्षकमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आठ लाखभन्दा बढी खर्च गरेको विवरण सार्वजनिक गरेका हुन् ।
डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनको चुनावी खर्च आठ लाख ६७ हजार ९ सय ७८ रहेको उल्लेख छ । उक्त विवरण ढकालले आइतबार निर्वाचन आयोगमा समेत बुझाएका छन् । ढकालले सो रकम धेरैको सहयोगमा प्राप्त भएको बताएका छन् ।
Comments are closed.