महेन्द्रनगर । वेदकोट नगरपालिका ४ बैतडामा मेन्था, क्यामामाईलको तेल उत्पादन गरेर स्थानिय किसानहरुले आफनो आयस्रोतलाई बढाएका छन् । कच्चा पदार्थबाट महंगो दरमा बिक्रि हुने तेल बनाएर अहिले स्थानिय किसानहरुले आम्दानी गरिरहेका हुन् ।
बैतडा सामुदायिक वनले आफनो स्थानिय किसानहरुलाई मेन्था, लेमनग्रास, क्यामामाइल, असारे, लिपटिस, कडिपत्ता लगायतका जडीबुटीबाट राम्रो आम्दानी गरिरहेका छन् । बैतडा सामुदायिक वनका अध्यक्ष तोयराज अवस्थीले अहलिे यो खेती सिजन अनुसार भईरहेको बताए । किसानले गहुँ काटेपछि खेतमा बेर्ना लगाएर मेन्था लगाउछन भने, क्यामााईलको सिजन अहिले भएकोले यसको बजार भाउ घटेपछि त्यसको खेतीगर्न कम भएको उनले बताए । मेन्थाको जराबाट सजिलै उम्रने र सर्ने बिरुवा हो ।
यसको जरा बाहेक सम्पूर्ण भागबाट सुगन्धित तेल उत्पादन गर्न सकिने, तेलमा हुने मुख्य रासायनिक तत्व मेन्थोल सुगन्धित, कडा, ताजा तथा केही तितो स्वादको हुने उनले बताए । मेन्थाको तेलबाट रुघाखोकी लाग्दा प्रयोग हुने सञ्चो लगायतका तेल उत्पादन हुने गरेका छन् । ‘मेन्थाबाट सञ्चो, हिमालयन मसाज तेल, पाउडर, साबुन उत्पादन हुन्छ’,‘मेन्थाबाट सञ्चो, हिमालयन मसाज तेल, पाउडर, साबुन उत्पादन प्रशोधन गरेको मेन्थाको तेल प्रतिलिटर ११ सय देखी १२ सय सम्म बिक्री हुने हजार, क्यामामाईलको तेल प्रतिलिटर ५५ हजार, कडिपत्ताको प्रतिलिटर ३ हजार रूपैयाँसम्म बिक्री हुने गरेको छ ।
आफ्नै गाउँमा जडीबुटी प्रशोधन गर्ने काम भएपछि जडीबुटी खेती गरेर जीविका चलाएको उनले बताए । उनले थोरै जमिनमा पनि राम्रो आम्दानी हुने गरेकाले पछिल्लो समय जडिबुटी खेतीतर्फ कृषकको आकर्षण बढेको बताए । “एक पटक खेती गरेपछि ५० देखि ६० हजार रूपैयाँ आम्दानी हुन्छ,” उनले भने,“धान र गहुँको भन्दा यसमा धेरै फाइदा छ ।” केही वर्ष अघिसम्म गाउँमा थोेरै मानिसले मात्र जडीबुटी खेती गर्ने गरेका थिए । तर अहिले अधिकांश मानिस यो खेतीमा संलग्न छन् । स्थानीयका अनुसार मेन्था प्रतिकठ्ठा ४ किलो र म्यामाइल ५ कठ्ठामा १ किलो उत्पादन गर्न सकिन्छ ।
उत्पादन भएको तेल खरिद गर्न नेपालगन्ज र सुर्खेतबाट व्यापारीहरू गाउँमै पुग्ने गरेका छन् । जडीबुटीको तेल रुघाखोकी लागेकाहरूदेखि विभिन्न रोगका बिरामीलाई औषधिको प्रयोग गर्ने गरिन्छ । अहिले २३ लाखको लगानीमा मेसिन सहित संचालन गरेर तेल उत्पादन गरिरहेको अध्यक्ष अवस्थीले बताए । अहिले कञ्चनपुरको महाकाली नगरपालिकामा दुई, भीमदत्त नगरपालिकामा एक, बेदकोट नगरपालिकामा तीन, शुक्लाफाँटा नगरपालिकामा तीन, लालझाडी गाउँपालिका, पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकामा १÷१ वटा गरी १२ वटा जडिबुटी प्रशोधन उद्योग स्थापना गरिएको छ ।
जडिबुटी खेतीबाट यहाँका ५ सयभन्दा बढी परिवार लाभान्वित भएका छन् । जडीबुटी खेती अन्नबाली भन्दा सजिलो र नगदेबाली भएकोले किसानको आकर्षण बढेको उनीहरुको भनाइ छ ।
Comments are closed.