कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । साइकलमा सवार विद्यार्थी वेदकोट नगरपालिका वडा नम्बर ६ का कविराज बैजलाई बसले ठक्कर दिएको हो । महेन्द्रनगरबाट दार्चुला सवार ना ७ ख ६५२१ नम्बरको बसले शुक्रबार बिहान क्याम्पस पढ्न महेन्द्रनगरस्थित कञ्चन विद्या मन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्ने बैजलाई बसले सुडामा ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अनुसन्धानका लागि बस चालकलाई नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ । दुर्घटना पछि आक्रोशित नागरिकहरूले पूर्व–पश्चिम राजमार्ग स्थित सुडामा घटनाको विरोध प्रदर्शन गरेका थिए । २१ बर्षिया कविराज महेन्द्रनगरको कञ्चन विद्यामन्दिर सामुदायिक क्याम्पस स्नातक तह प्रथम बर्षमा अध्ययनरत थिए । बेदकोट नगरपालिका ६ सियैयाका स्थानीय कविराजको घरदेखि क्याम्पस जाने क्रममा विच बाटैमा बसले ठक्कर दिदा घाईते भएका थिए ।

घटना स्थलदेखि अस्पताल पु¥याउँदा अस्पतालले कविराजलाई मृत घोषणा गरेको छ । क्याम्पस गएका प्रयागराज बैजका छोरा अब कहिल्यै घर नफर्किने भएका छन । मृतक कविराजका काका यज्ञराज बैजले पढाई र अनुशासित विद्यार्थी साईकललमा जाने क्रममा विचबाटैमा अस्थाएको बताए । पढन हिडेको छोरा विचबाटैमा अस्थाएपछि बैज परिवार, आफन्त एव साथिभाई शिक्षक स्तब्ध भएका छन । बैतडी सुर्नया घर भएका बसका चालक सन्तोष ऐर प्रहरी नियन्त्रणमा छन ।

पुष महिना प्रवेसकै दिन अत्यधिक कुहिरोका कारण साईकल यात्री नदिएको दुर्घटना हुनसक्ने प्रहरीको अनुमान छ । कञ्चन विद्या मन्दिरका विद्यार्थी नेता भुवन सिह विष्टले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही गर्नुपर्न बताए । नेता विष्टले घरबाट हिडेका विद्यार्थी विचबाटैमा मृत्यु हुनु दुखत विषय भएकाले चालक, बस सहित नियन्त्रण गरेर कानुनी कार्बाही नगरिए आन्दोलनको चेतावनी दिएका छन ।

सम्बन्धित

Comments are closed.