महेन्द्रनगर विधार्थी मृत्युः पूर्वपश्चिम राजमार्ग बन्द

महेन्द्रनगर । कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि आक्रोसित विधार्थीहरुले सडक बन्द गरेका छन् । साइकलमा सवार विद्यार्थी वेदकोट नगरपालिका वडा नम्बर ६ का कविराज बैजलाई आज बिहान बसले ठक्कर दिएको थियो । अहिले विधार्थीहरुले पूर्वपश्चिम महेन्द्र राजमार्गमा बसेर धर्ना दिएर सडक बन्द गरेका छन् । उनिहरुले हत्यारालाई फासी दे लगायतका े नारा लगाई रहेका छन् ।

महेन्द्रनगरबाट दार्चुला सवार ना ७ ख ६५२१ नम्बरको बसले शुक्रबार बिहान क्याम्पस पढ्न महेन्द्रनगरस्थित कञ्चन विद्या मन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्ने बैजलाई बसले सुडामा ठक्कर दिँदा मृत्यु भएको थियो ।

सम्बन्धित

Comments are closed.