के अब हटला त महेन्द्रनगर बजारका फुटपाथका सामानहरु ?

महेन्द्रनगर । अहिले कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा सडक चौडा पारिने कार्य तथा फुटपाथहरु निर्माणको कार्यले तिव्रता पाएको छ । आम जनतालाई तथा पैदल यात्रीहरुलाई हिँडडुल गर्न सहज होस भनेर निर्माण गरिउको फुटपाथहरुमा व्यापारहिरुले बिभिन्न आफना सामानहरु राखेर फुटपाथमा कब्जा जमाएको पाईएपछि नगरपालिकाले अनुगमन गरेको छ ।

भीमदत्त नगरपालिका अनुगमन समितिकि संयोजक तथा भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखक जोशि, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली, नगर प्रवक्ता महेश खडकका,सहितको नगरपालिकाको टिमले बजार अनुगमन थालेको बेलामा व्यापारहिरुले आफनो मन लाग्दी रुपमा सामानहरु फुटपाथमा राखेर व्यापार गरेको पाईएको प्रवक्ता खडकाले बताए । फुटपाथको ठाउँ ओगटेर व्यापार व्यावसाय नगराउन, नगरिदिन भीमदत्त नगरपालिकाले ३५ दिने सुचना प्रकाशित गरेको भयपनि व्यापारी हरुले सो सुचनाको अवज्ञा गरेको पाईएको उनले बताए ।

भीमदत्त नगरपालिकाले ३५ दिने सुचना प्रकाशित पनि गरेको थियो जस्को अवज्ञा व्यापारीहरुले गरेको दखिएकाले नै टोली अनुगमनमा निस्किएको उनले बताए । पछिल्लो समय पैदल यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै र भीमदत्त नगरपालिकालाई व्यवस्थीत सहर बनाउने रणनिती अनुसार निर्माण भईरहेका अवस्थामा केही व्यापारीले सडकमै सरसामान राखि व्यापार गरेको भनेर बिभिन्न संचार माध्यममा पनि सामचार आएको विषयले आफुहरु गम्भिर ध्यानाकर्षण भएको उनले बताए । भीमदत्त नगरपालिकाले प्रत्येक व्यावसायीहरुलाई आ –आफ्नो पसलको सटर बाहिर पर्नेगरी कुनै पनि व्यावसायी जन्य सामान तथा अन्य सामान नराखिदिनुका साथै टिनको छानो समेत निर्माण नगर्ने र निर्माण भएका टिनका छाना समेत हटाई दिन आग्रह गरेको छ ।

तर यस्तो सुचना जारी भएपनि व्यापारीहरुले उक्त नियमको पालना गरिएको नपाईएको स्थानियहरुले बताएका छन् । अहिले पनि कतिपय व्यापारीहरुले फुटपाथमा सामान राख्न सुरु गरेको पाईएको छ । यता नगर प्रवक्ता खडकाले फेरी पनि सडक फुटपाथमा सामान राखिएको पाईएमा नगर प्रहरी लगाएर सबै सामानहरु जफत गरिने बताएका छन् ।

सम्बन्धित

Comments are closed.