महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कृष्णपुरका किसान विषराम चौधरीले आफनो विगतदेखी २ विगाह जमिनमा खेती किसानी गर्दै आईरहेका छन् । तर उनले अहिले सम्म कुनै पनि किसीमको सरकारी अनुदान पाएका छैनन् । आफनै खर्चमा अहिले सम्म बिउ खरिद, तथा अन्य उपकरणहरु आफनै लगानी खरिद गरेर खेती किसानी गरीरहेका हुन् ।
‘अहिले सम्म कुनै पनि निकाय सरकारले सहयोग गरेका छैनन् आफनो चिनजानको पनि कोही भएन त्यही भएर अनुदान नपाएको हुन सक्छ’ उनले भने, ‘अहिले पनि सुदूरपश्चिम प्रदेश सरकारले यो वर्ष प्रदेशमा करिव ४ सय किसानलाई कृषि यन्त्र खरिदमा अनुदान दिने भएको सुनेको छु, तर हामी सम्म उक्त अनुदान आउन पाउँदैन जस्को हालीमुहाली छ चिनजानका मान्छे छन् उनिहरुले त होलानी पाउने त्यो अनुदान पनि’ । ‘खेती किसानी गर्ने किसान भन्दा पनि खेत नै नभएकाले कुमल्याउछन अनुदानका रकम सामानहरु सबै लैजान्छन्’ ।
यस्तै अर्का किसान लालझाडी गाँउपालिकाका मंंगल चौधरीले पनि आफुले अहिले सम्म अनुदान नपाएको गुनाशो गरे, आफुलाई कहिले अनुदानको सुचना निसिक्न्छ त्यो पनि थाहा नभएको उनले बताए । ‘आफुहरु धेरै पढेलेखेको पनि हुँदैनौ फेरी आफुले चिनेको जानेको मान्छे पनि छैनन् अनि कसरी थाहा पाउने अनुदान खुलेको’ उनले भने, अहिले सम्म एक रुपैँया पनि पाएको छैन अब के हुन्छ थाहा छैन,। यस्तै अर्का किसान कृष्णपुर नगरपालिका १ सुन्दरीफाँटा गयाप्रसाद चौधरीले भने आफुले आर्थिक वर्ष ०७९÷८० को लागि ३ लाख अनुदान पाएको बताए ।
अहिले आफुले १५ देखी १६ कठ्ठा जमिनमा तरकारी खेती गरिरहेको र आफुले पनि सहज तवरले अनुदान पाएको उनले बताए । आफुले पाएको अनुदानबाट फलामको २ वटा प्लाष्टिक टनेल, एक पावर टेलर मेसीन, र बिउविजनहरु ख्रिद गरेको उनले बताए । ‘अनुदान पाउनुमा कसैको पनि पावर आफनो आफन्त मान्छे चाहिने भन्ने हुँदैन जस्ले मिहिनेत गर्दछ, जस्ले पसिना बगाँउछ उसैले पाउने हो’। उनले भने, ‘मेरो कोही पनि चिनेको मान्छे छैनन् कृषि ज्ञान केन्द्र कञ्चनपुरमा तर मैले अनुदान पाएको छु कार्यालयबाट अनुगमनमा हेर्न आउँछन आफुले गरेको काम देखाउने हो अनुदान पाई हाल्छ’ ।
अहिले मैले वार्षिक १० लाखको तरकारी बेचिरहेको छु उनले भने, जिल्ला कृषी ज्ञान केन्द्र कञ्चनपुरका कृषि प्रसारका अधिकृत जनकराज जोशीले जिल्लामा अहिले सम्म १ हजार ४ सय ७२ जना कृषकहरुले बिहिवार अन्तिम म्याद रहेको दिनसम्म आवेदन दिएको बताएका छन् । अन्य सबै प्रक्रिया कृषि विकास निर्देशनालयले गर्ने भएकाले आफुहरुले कागजातहरु संकलन गर्ने र उक्त कार्यालयमा बुझाए पछि कृषकहरु छान्ने प्रक्रिया उहि कार्यालयले गर्ने बताए । कार्तिक ३० गतेदेखी मंसिर २९ गते सम्म सुचना प्रकासित गरेर किसानहरुलाई आवेदन दिन माग गरेको थियो । प्रदेशका सबै जिल्लाका किसानलाई विभिन्न २८ किसिमका कृषि उपकरण प्रदान गर्न सरकारको योजना रहेको छ ।
जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमा सम्बन्धित जिल्लाका किसानले कृषि यान्त्रीकरण अनुदानका लागि आवेदन पेश गर्न सक्ने प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । प्रदेश सरकारले यो वर्ष कृषि यान्त्रीकरण अनुदानका लागि ३ करोड ४० लाख बजेट छुट्याएको छ । कृषि विकास निर्देशनालयबाट कृषि उपकरण खरिदमा ५० प्रतिशत अनुदान दिने सरकारको योजना छ । यो वर्ष प्रदेश सरकारले डिस्क ह्यारो, रोटाभेटर, पोटेटो प्लान्टर, पोटेटो हार्भेस्टर, सुपर सिडर, धान थ्रेसर, गहुँ थ्रेसर, मल्टिकप थ्रेसर, पावर टिलर, मिनि टिलरमा सरकारले ५० प्रतिशत अनुदान दिनेछ ।
Comments are closed.