बाजुरामा यातायात अनिश्चितकालका लागी बन्द

महेन्द्रनगर । बाजुरामा नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले अनिश्रितकालका लागी यातायात बन्दको गरेको छ । आइतबार जिल्लाभरी यातायाता बन्द रहेको अनेरास्ववियुका सचिवालय सदस्य लक्ष्मण रोकायाले बताएका छन् । गत मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनमा भएको आन्दोलनमा अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन अयडीको मृत्यु भएको थियो ।

हत्यारालाई एक महिना बित्नै लाग्दा समेत प्रहरीले प्रक्राउ गर्न लापरवाही गरेको भन्दै अनिश्चितकालका लागी यातायत सेवा बन्द गर्न लागेको सदस्य रोकायाले बताएका छन । शनिबार प्रेस बिज्ञप्ति जारी गर्दै शनिबार ४ बजेबाट लागु हुने गरि यातायात बन्दको घोषणा गरिएको अनेरास्ववियुका सचिवालय सदस्य लक्ष्मण रोकायाले बताएका छन ।

बिद्यार्थी नेता चेतन अयडीको न्यायको लागी आन्दोलन जारी रहने पनि अनेरास्ववियु बाजुराले जनाएको छ । साथै उक्त न्यायको आन्दोलनमा सम्पूणर् जिल्ला बासीहरुले सहयोग गरि दिन पनि अनेरास्ववियु बाजुराले अनुरोध गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.