आगोमा जलेर कैलालीमा वृद्धको मृत्यु

कैलालीमा एक वृद्धको आगोमा जलेर मृत्यु भएको छ । कैलालीको घोडाघोडीमा आगोले जलेर वृद्धको मृत्यु भएको हो । घोडाघोडी नगरपालिका–११ आम्बाँसा बस्ने ६० वर्षीय जित बहादुर डगौराको आगोले जलेर गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर नजिकैको झुपडीमा सुतिरहेको अवस्थामा चुलोमा बालेको आगोबाट आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो। साथै आगलागीबाट झुपडी पूर्णरूपमा जलेर नष्ट भएको छ।

सम्बन्धित

Comments are closed.