महेन्द्रनगर । पछिल्लो केही दिन देखी कञ्चनपुरमा बिहान हुसु÷कुहिरो लागेपछि चिशो पनि बढदै गाएको पाईएको छ । चिसो बढेसँगै सतर्कता अपनाउन चिकित्सकहरुले सबैलाई आग्रह गरेका छन् । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डाक्टर अर्जुन भटटले अहिले पछिल्लो समय बिहान बेलुकी बढदै गईरहेको चिशो हुस्सु कुहिरोका कारणले शरिरमा बिभिन्न किसमका रोगहरु लाग्ने भएकाले सर्तक रहन आग्रह गरेका छन् ।
जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले आग्रह गरेका छन् । अहिले अस्पतालमा पनि बढी जसो खोकी। रुघा तथा छातीमा समस्या भएका बिरामीको चाप बढेको उनले बताए । तथ्याङ्क अनुसार शुक्रवार विहान कञ्चनपुरको तापक्रम ७.६ डिग्रीमा झरेको छ ।
चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओढ्न चिकित्सक भटटले बताए । जाडो बढेसँगै तराईका कतिपय जिल्लामा हुस्सुसमेत लाग्न थालेको छ । यस्तै घरबाहिर खुला स्थानमा धेरै समय नबस्न, तातो खानेकुरा तातोपानी पिउन समेत आग्रह गरिएको छ । हिटर वा आगो ताप्दा गिजर प्रयोग गर्दा कोठामा राम्रोसँग हावा आवतजावतको व्यवस्था गर्नुपर्ने हुन्छ ।
“हावा आउजाउको व्यवस्था नहुँदा कतिपय अवस्थामा निस्सासिएर दुर्घटना हुनेपर्ने जस्ता घटना अवस्था आउने गरेको पाइन्छ,” उनले भने, “त्यसैले हिटर गिजर प्रयोग गर्दा हावा आवतजावत हुने ठाउँ रहेको हुनुपर्दछ ।” चिसोले गर्दा मुटु रोग, हृदयघात, फोक्सोमा समस्या श्वासप्रश्वास, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, रुघाखोकी, ज्वरो जस्ता रोगका समस्या देखिन सक्दछ । त्यसैगरी दूषित खाना र पानीबाट अधिकांश रोग सर्ने भएकोले खानेकुरामा ध्यान दिनसमेत चिकित्सको सुझाव रहेको छ । खानेकुरा र खानेपानी सफा भाँडामा ढाकेर राख्न, खाना बनाउनुअघि र खानुअघि साबुन पानीले राम्रोसँग हात पनि मन्त्रालयले आग्रह गरेको छ ।
Comments are closed.