महेन्द्रनगर । आईतवार महेन्द्रनगरमा रहेको श्री महेन्द्रनगर मा.वि.कटानका ईसिडि देखि कक्षा ८ सम्मका बाल–बालिकालाई शैक्षिक सामग्रहिरु वितरण गरिएको छ । झोला÷स्टेसनरी ÷टिफिन बक्स÷किट्स आदी सामग्री वितरण गरिएको हो । विधालयका अध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर) ले विधालयमा पेसवान नामक संस्सथाले विधार्थीहरुको शैक्षिक गुणस्तर उकास्नका लागि र शिक्षाबाट कोही पनि बञ्चित हुन नपरोस भनेर संस्थाको सहयोग र आफनो समन्वयमा सामग्री वितरण गरिएको उनले बताए ।
आफुले जिम्मेवारीसम्हाले पछिको पहिलो कार्यक्रम भएको र अध्यक्ष भएपछिको यो कार्यक्रम भउको र आगामी दनहरुमा उक्त विधालयलाई जिल्लाकै नमुना विधालय बनाउने र यसमा स्थानिय सरकार जनप्रतिनिधीहरुको सहकार्यको आवस्यक्ता रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समाज कल्याण परिषदका सदस्य सचिव मनोजकुमार भट्टले बिधार्थीहरुलाई यसरी शैक्षिक सामग्री प्रदान गर्ने अवसर दिनु भएको मा संस्थालाई धन्यवाद व्यक्त गरे, साथै बिधार्थी भाई बहिनीहरुले पनि आफुले पाएका शैक्षिक सामग्रीहरुलाई आफनो जिवनउपयोगी बनाउनु पर्ने बताए ।
यस्तै आफनो मन्तव्य राख्ने क्रममा भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रबिन्द्र देवकोटाले आफनो वडामा रहेका विधालयहरुको शैक्षिक स्तर उकास्नका लागि आफु सदैव तयार रहेको र दलित, गरिब, तथा अन्य आर्थिक रुपमा पछाड िरहेका सम्पुर्णका बालबालिकाहरुले पनि अध्ययन गर्न पाउनु पर्ने वातावरण निर्माण गर्न आफु लागि परेको बताए । सथै आफनो वडामा रहेकासबै सरकारी विधालयहरुलाई अगाडी बढाउन उनिहरुको व्यवस्थापनमा आफुले गर्नुपर्ने सहयोगको लागि सधै तयार रहने बताए । उक्त संस्थाले कन्चनपुरका २८ अन्य सामुदायिक बिधालयमा पनि यस्तै सामग्रीहरु प्रदान गर्ने योजना रहेको जनाएको छ ।
Comments are closed.