बाजुरा रुढि गाउँ नौ बर्ष देखि चरम खाद्य संकटको मारमा

महेन्द्रनगर । बाजुरामा हरेक वर्ष खाद्यन्नको चरम मारमा पर्दै आएको छ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ रुढिको गाँउ नौ बर्ष देखि चरम खाद्य संकटको चपेटामा परेको छ । रुढि गाउँमा रहेका १ सय ५६ परीवार बाह्रै महिनामा चरम खाद्य संकटमा रहेको स्थानिय दिल बहादुर धामिले वताएका छन् ।

लगातारको खडेरी र गाउँमा रहेको रुढि सिचाई कुलो सुख्खा पहिरोले बगाएपछि खेति योग्य जमिन आठ बर्ष देखि बाझै रहेको स्थानिय विर बहादुर कार्कीले वताएका छन् । जग्गा भएपनि न पानि परयो, न सिचाई कुलो नै, पानि आएपनि खेति लगाउने बेला आउदैन अनि ८ बर्ष देखि बाँझो रहेको उनले वताए ।बाह्रै महिना किनेर खानु पर्ने बाध्यता भएपछि पुरुष जति भारतमा नौकरी गर्न जाने गरेको कार्किले वताए । लोग्ने भारतमा पैशा कमाउछन् अनि कोल्टि बाट चामल किनेर परिवार पाल्ने गरेको विर बहादुरले वताए ।

२ करोड भन्दा बढी लगानिमा सिचाई कुलो निर्माण भएको केही बर्षमै सुख्खा पहिरोले बगाएको थियो । पटक पटक मर्मत गर्न लागेपनि पहिरोका कारण सिचाई कुलो सञ्चालनमा आउन नसकेको स्थानियले वताएका छन् । सिचाई भएपछि रुढि गाँउमा खेतियोग्य जमिनका रुपमा चिनिने गरेको थियो । अहिले यहाँ जग्गा बाझै छ, जग्गा हेरेर चित बुझाउनु भन्दा अरु केही काम नभएको दिल बहादुर धामिले वताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.