महेन्द्रनगर । पछिल्लो समय सडकमा साईकललाई सवारी साधनले ठक्कर दिने दुर्घटना बढदै गएपछि अभिभावकहरु आफना नानी बाबुलाई साईकलमा विधालय पठाउन डराउनु पर्ने अवस्थाको सिर्जना भएको छ । गत शुक्रबार मात्रै बसको ठक्करबाट साइकलमा यात्रा गरिरहेका बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको छ ।
ठूला सवारी साधन संगै साइकल चलाउनु पर्दा सबैभन्दा बढी जोखिममा विद्यालय जाने विद्यार्थी पर्ने गरेका छन । केही दिन अघि धनगढी उपमहानगरपालिका – ५ पञ्चोदय माबि हसनपुरमा कक्षा ८ मा अध्यानरत चेतना साउँदको पनि साइकलमै विद्यालय जार्दै गर्दा मृत्यु भयो । उनको मृत्यु पछि विद्यार्थी आन्दोलित भएर धनगढीमा कफ्र्यु नै लगाउनु परेको अवस्था आयोे । भीमदत्त नगरपालिका १८ की ममता विष्टले अहिले आफना नानी बाबुलाई आफैले साईकलमा हालेर विधालय लैजाने र ल्याउने गरेको बताईन् ।
‘पहिला छोराछोरीहरु सधै साइकलमा विद्यालयल जाने गरेको भएपनि अहीले आफैले नै ल्याउने पुय्राउने गरेकी छु’ उनले भनिन, ‘साइकलमा जाँदा उनको सयम बचत हुने भएपनि उनी साइकलमा ढुक्क संग भने यात्रा गर्न पाउँदैनन् भनेर आफै जान्छु विधालयमा’ ‘साइकलमा विद्यालय जाँन सजिलो त हुन्छ तर, राजमार्गमा साइकल चलाउँदा निकै डर लाग्छ’ उनका छोरा १० मा अध्ययनरत महेशले भने, ‘डरैडरले साइकल चलाएर विद्यालय पुग्छु ।’ झन अस्तिको दुर्घटनाले बढी चिन्तीत बनाएको छ अब मम्मीले नै विधालय लैजाने ल्याउने गरेकोले सहज भएको छ तै पनि बजरामा सडक विस्तार भईरहेको अब पछि केही सहज होला ।
साइकलमा गन्तव्यमा पुग्न सजिलो, व्यायाम पनि हुने र वातावरणमैत्री भएपनि साइकलका लागि छुटै लेनको व्यवस्था नहुँदा यात्रा निकै जोखिमपूर्ण रहेको वेदकोट नगर पालिकाका ९ लालपुरका स्थानिय दिपक नेपालीले बताए । ‘अहिले ठुला सवारी साधनले साईकल मोटरसाईकललाई हेपेको जस्तो गरी पेलेर आफनो ठाँउ छाडेर चेपेर चलाएको देखेको छु यस्मा ठुला सवारि साधनको पनि गल्ती छ’ उनले भने, ‘आफुले आफै साईड लगाएर साधन चलाउनु पर्ने भएको छ’ । ठूला सवारी साधन र साइकल एउटै सडकमा चलाउनु पर्दा धेरै साइकल यात्रीले ज्यान समेत गुमाउनु परिरहेको छ ।
साइकलको यात्रा जोखिपुर्ण बन्दा कलिलो उमेरमै विद्यार्थीहरुले ज्यान गुमाउनु परिरहेको छ । अहिले बजारमा साईकलको सवारी सबै आम मानिसहरुले बढी गरिरहेको भएपनि त्यसको व्यवस्थापन उचित साईकल लेन बनाएर सुरक्षित यात्रा गराउनमा सरकारले ध्यान दिन नसकेको फारवेस्तर्ट साईकल राईडर्सका संस्थापक अध्यक्ष भरत बिक्रम शाहले बताए । सुदूरपश्चिममा बिशेष गरेर तराइका जिल्ला कैलाली–कञ्चनपुरका राजमार्ग क्षेत्रमा साइकलमा यात्रा गर्न निकै जोखिमपूर्ण छ ।
स्कुल, कलेजमा बालबालिकालाई रोडको अनुशासनका बारेमा थाहा नहुँदा साइकल दुर्घटना बढेको शाहले बताए । बिधालयबाट नै बिधार्थीहरुलार्ई ट्राफिक नियम, रोडमा कसरी हिड्ने, लगायतका जानकारी दिईनुपर्ने र सडक पनि साइकल मैत्री नभएका कारण पनि दुर्घटना पनि बढीरहेको उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख ट्राफिक प्रहरी निरिक्षक उमेश चन्दले तुलनात्मक रुपमा दुर्घटनाका घटना कमी आएको भएपनि साइकलको यात्रा भने जोखिम मुक्त नभएको बताए । उनले साइकल यात्रीले पनि आफूले पालना गर्नेपर्ने नियम नमान्दा दुर्घटनाको जोखिम बढेको बताए ।
Comments are closed.